• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कविता : पानी बनेस् है, छोरा !


  •    सूचना डबली संवाददाता / २०८०, ३ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    पानी बनेस् है, छोरा !
    ~~~~~~~~~~~~~
    टीका लगाउने बेलामा,
    आँखाबाट टिलपिल टिलपिल आँसु झार्दै,
    आमा आशीर्वाद दिँदै भन्नुहुन्छ –
    बाबु ! पानी बनेस् है, छोरा ।
    तिमी पानी बन्नू,
    अनि कसैको दु:खलाई
    आँखाबाट आँसु बनी बगाइदिनू ।
    छोरा, पानी बन्नू अनि
    मरुभूमिमा छटपटाइरहेको कसैको जीवनमा
    आशाको वर्षात ल्याउनू ।
    कसैलाई गर्मी लाग्दा,
    तिमी चिसो पानी बनिदिनू ।
    कसैलाई चिसोले सताएको बेला,
    तिमी तातो पानी बनिदिनू ।
    त्यसैले बाबु, तिमी पानी बन्नू !

    छोरा, तिमी पानी बनेर बग्नू,
    समाजमा चेतनाको मूल फुटाउनू ।
    कहिले वर्षा,
    कहिले छहरा,
    कहिले झरना,
    त कहिले खोला बनेर बगिरहनू,
    अनि नदी भेटाउनू ।
    मलाई विश्वास छ, छोरा –
    एकदिन तिमी अवश्य
    विशाल अनि शान्त,
    समुद्र बन्ने छौं ।

    बाबु ! तिमी पानी बनेर बग्नू,
    अनि आफ्नो बाटो आफैं बनाउनू ।
    कठिन उकालो हैन,
    आफ्नो गन्तव्यलाई
    सरल ओरालो बनाउनू ।
    अनि निरन्तर बगिरहनू ।
    शत्रुहरुले रोक्न खोज्लान्, बाटो छेक्लान्,
    नझुक्नू, नडराउनू अनि अघि बढिरहनू त्यसरी नै,
    जसरी खोलाले समुद्रलाई पछ्याउँछ ।
    त्यसैले बाबु, तिमी पानी बन्नू है !
    मेरो छोरा ! तिमी पानी बने है ।

    © लेखक – समीर सापकोटा क्षेत्री

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुकामारी !
    प्रदेशिनु रहर कि वाध्यता
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.