प्युठान। इन्डियन प्रिमियर लिग (IPL) २०२५ का खेलहरू मे ८ बाट स्थगित गरिएकोमा अब पुनः मे १७ (शनिबार) बाट सुरु हुने भएको छ।
भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण प्रतियोगिता केही समयका लागि रोकिएको थियो।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले बुधबार सार्वजनिक गरेको पुनः तालिका अनुसार अब बाँकी १७ खेलहरू छवटा विभिन्न स्थानहरूमा आयोजना गरिनेछ।
प्रतियोगिताको फाइनल जुन ३ मा हुनेछ।







