माघ १०, काठमाडौँ
सुचना डबली संवाददाता
त्रिवि क्रिकेट मैदानमा हुने आइसिसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।
जुन टिममा कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्टिय टिममा पर्दा टिमका मुख्य खेलाडी सोम्पाल कामी र बसन्त रेग्मीलाइ भने आराम दिइएको छ । यु १९ टिमबाट खेलिरहेका कुशल र कमल पछिल्लो प्रदर्शन राम्रो भएका कारण राष्टिय टिममा पर्न सफल भएका हुन् ।
त्रीकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्र सिंह ऐरी ९उपकप्तान०, पारस खड्का, करण केसी, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, रोहित पोडैल, शरद भेषवाकर, सन्दिप लामिछाने, अविनाश बोहोरा, कमलसिंह ऐरी, सुसान भारी, ललितनारायण राजवंशी
आइसिसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत माघ २२ गतेबाट त्रिवि क्रिकेट मैदानमा नेपाल, ओमन र अमेरिका विचको त्रिकोणात्मक सिरिज सुरु हुनेछ ।







