• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रुपन्देहिको सैनामैनाका विद्यालयहरुमा सरस्वती पुजा , ७ सय २२ जना नयाँ विद्यार्थी भर्ना


  •     / २०७६, १७ माघ शुक्रबार प्रकाशीत

  • Advertisement
    • माघ १७, २०७६
      सुरज थापा मगर, सैनामैना । 
      नेपाल भरी नै वसन्त पञ्चमीको अवसरमा शिक्षाकी धनी सरस्वती माताको पुजा गरीरहदा रुपन्देहीको सैनामैनाका सरकारी तथा निजी विद्यालयमा पनि बिहिबार सरस्वती माताको पुजा गरिएको छ ।

    • बिहीबार सरकारी र निजि विद्यालयमा गरी ७ सय २२ जना नयाँ विद्यार्थी भएका छन् । सरकारी विद्यालयमा १ सय ४७ जना र निजि विद्यालयमा ५ सय ४८ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

    • सैनामैनाको ११ वडामा १८ वटा सरकारी विद्यालयहरु रहेका छन् । १३ वटा मावि तह र ५ वटा आधारभुत तहका विद्यालय रहेका छन् । सबै विद्यालयमा सरस्वती पुजा भएका छन् भने धेरै जसो विद्यालयले मात्र नयाँ विद्यार्थी भर्ना गरेका छन् ।
    • जसमध्ये रामापुर माविमा १५ जना, पशुपति माविमा ४० जना, सैनामैना माविमा ३० जना, दुर्गा भवानी माविमा ९ जना, जनकल्याण माविमा १५ जना, सरस्वती माविमा ७ जना, पश्चिम पर्रोहा माविमा ५ जना र राष्ट्रिय माविमा २२ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

    • जन ज्योति आधारभुत विद्यालय सैनामैना ३ पर्सावालमा ४ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । कोटियादेवी मावि र मलमला माविको फोन सम्पर्क भएपनि जानकारी प्राप्त गर्न सकिएन ।
    • महेरवा आधारभुत विद्यालय, पर्रोहा परमेश्वर आधारभुत विद्यालय, कालिका आधारभुत विद्यालय र जन ज्योति आधारभुत विद्यालय सैनामैना ११ का प्रध्यानाध्यपकहरुको फोन भने उठेन । सबै विद्यालयले भर्ना निशुल्क गरेका छन् । पर्रोहा मावि र सालझण्डी माविमा सरस्वती पुजा भएपनि नयाँ विद्याथी भर्ना भने हुन सकेनन् ।
      निजि विद्यालय तर्फ सैनामैना मेमोरियल स्कुलमा ९२ जना, लिटिल बर्ड स्कुलमा ४० जना, न्यू एकेडेमी स्कुलमा ७० जना, प्रभात ई. बो. स्कुलमा १ सय १८ जना, सुनगाभा पब्लिक माविमा ८५ जना, ग्यालेक्सी बोडिङ्ग स्कुलमा ४५ जना, रुपन्देही मोर्डन स्कुलमा ६३ जना र नव प्रभात बोडिङ्ग स्कुलमा ३५ जना नयाँ विद्यार्थी भएका छन् ।

    • सरस्वती पुजाको अवसरमा २ बर्ष पुरा भएका साना–साना नानी बाबुहरुलाई अक्षर लेख्न सिकाउने र आज देखि विद्यालय नियमित जाने बानी बसाल्नको लागि आज कै दिन अक्षारम्भ गर्ने चलन समेत रहेको छ ।
       
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.