• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

दोस्रो खेलकुद महोत्सव-२०७६ को उपाधि मोडर्न चिल्ड्रेनलाई


  •     / २०७६, २४ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    भैरहवा

    दोस्रो खेलकुद महोत्सव २०७६ मा मोडर्न चिल्ड्रेन इङ्लिश स्कुलले उपाधि हात पारेको छ । फागुन २१ गतेबाट सुरु भएको दुई दिवसीय खेल महोत्सवको फाईनल खेलमा मोडर्न चिल्ड्रेनले ५२ अंक प्राप्त गरी प्रतिस्पर्धी टिमहरुलाई पराजित गर्दै उपाधि प्राप्त गरेको हो ।
    ग्लोबल सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा धकधई स्थित रामनरेश यादव आदर्श मा वि को खेलकुद प्राङ्गणमा बिहिबार सम्पन्न भएको फाईनल खेलमा क्रमश : मोडल गोल्डेन फ्यूचरलाई १७, सत्य रावणीई २५, कसमस एकेडेमीलाई २८, ग्लोबल पब्लिकलाई २८, सिद्धार्थ ग्लोबललाई ३० र सोसल ग्रीन प्लान्टलाई ४२ अंकले पछि पार्दै जीत हासिल गरेको थियो । खेल महोत्सवमा जीतको सफलत्ता पश्चात आफूहरुलाई थप उर्जा मिलेको मोडर्न चिल्ड्रेनका प्रधानाध्यापक बिसम्भर चौधरीले बताउनु भयो ।

    जुनियर र सब जुनियर गरी दुई समुहमा खेलाइएको खेल महोत्सवमा लङ्ग जम्प, रिले दौड, सटपुट, तिन खुट्टे दौड, चम्चा दौड, हाइ जम्प, १०० मिटर दौड, २०० मिटर दौड, भल्चर दौड, फ्लोर दौड लगायत १९ वटा खेलहरु रहेको थियो । जसमा मोडर्न चिल्ड्रेन इङ्लिश स्कुल ५२ अंक ल्याई प्रथम, मोडेल गोल्डेन फ्यूचर स्कुल ३५ अंक ल्याई द्वितीय, सत्य रावणी नेटकिङ स्कुल २७ अंक ल्याई तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

    बिगत् २०७१ सालदेखि नै यस ग्लोबल सामुहिक बिद्यालय परिवारले गर्दै आइरहेको खेल महोत्सव बीचमा केही वर्ष विशेष कारणले सञ्चालन हुन नसकेको तर पुन : यस कार्यक्रमलाई निरन्तरता दिइएको ग्लोबल सामुहिक बिद्यालय परिवारका अध्यक्ष राम अचल गौडले बताउनु भयो ।
    अध्यक्ष गौडले विद्यार्थीहरुमा रहेको खेल प्रतिभालाई प्रस्फुटन गर्ने संस्थाको उद्देश्य रहेको बताउदै गत वर्षदेखि यस कार्यक्रमलाई निरन्तरता दिदै यो वर्ष दोस्रो खेल महोत्सव गरिएको जानकारी दिनुभयो ।

    बिद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्रै सिमित नराखी खेलकुद जगतमा पनि अब्बल बनाउनु पर्ने सोचाईका साथ ग्लोबल परिवारका सम्पुर्ण विद्यालयहरुको संयुक्त प्रयासमा खेल महोत्सवमा जोड दिन थालिएको हो अध्यक्ष गौडले भन्नु भयो ।
    रोहिणी र ओमसतिया गाउँपालिका अन्तर्गतका कसमस एकेडेमी, मोडेल गोल्डेन फ्युचर, सोसल ग्रीन प्लान्ट, ग्लोबल पब्लिक, सत्यरावणी नेटकिङ, मोडर्न चिल्ड्रेन र सिद्धार्थ ग्लोबल सहित सात निजी बिद्यालयहरुको सांझा संस्थाको रुपमा गठित यस संस्थाले बिद्यार्थीहरुको बौद्धिक एवं शारीरिक अभ्यासका कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।

    खेल महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्रबाट सम्मान गरिएको थियो ।
    पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस किसिमको खेलकुद कार्यक्रमले बिद्यार्थीहरुलाई शैक्षिक एवं स्वास्थ्यको हिसाबले लाभदायक हुने बताउनु भयो । अहिलेको प्रतिस्प्रधात्मक समयमा बिद्यार्थीहरुलाई केवल शैक्षिक ज्ञानले मात्रै नपुग्ने बताउदै शारीरिक एवं रचनात्मक क्रियाकलापमा विद्यालयहरुले बढी ध्यान दिनुपर्ने कुरामा उहाँहरुको जोड थियो ।

    ग्लोबल सामुहिक विद्यालय परिवारका अध्यक्ष राम अचल गौडको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि धकधई ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक देबेन्द्र बिक्रम बि. क., विशिष्ट अतिथि रोहिणी प्याब्सनका अध्यक्ष तथा ग्लोबल सामुहिक विद्यालय परिवारका भू. पु. अध्यक्ष द्रिगपाल गोसाई, पजरकट्टी मा. बि. का प्रध्यानाध्यापक मुबारक अलि एवं अतिथि राम नगर बोर्डिङ्गका इरफान अलि, समाजसेवी नेकपा जिल्ला सल्लाहकार नाथु गुप्ता, सोसल ग्रीन प्लान्टका संस्थापक रबिनाथ केवट लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन बब्लु केवट तथा लल्लन गौडले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.