• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बालबच्चाको स्वतन्त्र सिकाइका लागि यस्तो चमत्कार गरेका थिए गिजूभाईले ?


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    २६०७ चैत ३ – बालबालिकालाई जबर्जस्ती विद्यालय पठाउनुको सट्टामा उनीहरुलाई उल्लास र उत्साहका साथमा पठाउनुपर्छ । यसका लागि भारतीय अभियान्ता गिजूभाई बधेकाले क्रान्तिकारी प्रयोग गरेका थिए ।महात्मा गान्धीको गुजरातमा उनीजस्तै एक तपस्वी बनेका थिए गिजूभाई । १८८५ नोभेम्बर १५ मा उनको जन्म भएको थियो । शुरुमा उनको नाम आमाबाबुले गिरिजा शंकर भगमानजी राखेका थिए । मेटि्रक पास गरेसँगै रोजीरोटीको समस्या टार्न उनी अपि|mका पुगे । तीन वर्ष त्यहाँबाट फर्केका उनी आफ्नो अधुरो शिक्षा पूरा गर्ने ध्यानमा अघि बढे ।

    त्यसपछि उनले मुम्बई आएर अन्य विषयसँगै कानुन पनि पढेका थिए । तर, उनले धेरै समय वकालतलाई दिएनन् र नयाँ क्षेत्र चयन गरे । यो क्षेत्र थियो – बालबालिकाको शिक्षा । त्यतिबेला बालबालिकालाई शिक्षा दिन उपदेशात्मक, अवैत्रानिक, अव्यावहारिक प्रणाली अपनाइन्थ्यो । पहिले गिजुभाईले पनि यस किसिमको शिक्षा प्रणालीको सामना गरेका थिए । यसबाट उनी निकै मर्माहत भएका थिए । उनी कुनै बालबालिकाले पनि यस्तो अवस्था सामना गर्नु नपरोस् भन्ने चाहन्थे ।यसका लागि उनले बालबालिकाको शिक्षा प्रणालीमा सुधारको लागि प्रयास शुरु गरे । उनको यो प्रयासबाट सबै बालबालिका यति धेरै खुसी भए कि उनीहरु गिजुभाईलाई ‘जुँगा भएकी आमा’को उपनामले बोलाउन थाले । ठूला मानिसहरु भने उनलाई बालबालिकाका गान्धी र बाल शिक्षाका सूत्रधारको नामले बोलाउँथे ।

    जानकारहरुका अनुसार सन् १९२० देखि १९३९ सम्म उनले बालबालिकाको शिक्षको परीक्षा लिने विषयमा चल्दै आएको पुरानो प्रणाली समाप्त गर्ने प्रयास गरे । उनले यो अवधिमा श्रव्यदृश्यको माध्यमबाट परीक्षालाई जाड्ने प्रायास गरे ।त्यसैले केही जानकारीहरु विद्यालयमा स्नेह र स्वतन्त्रता सुनिश्च्ति गर्न बालबालिकाको शैक्षिक स्वतन्त्रताको लडाइँ वास्तविक हिसाबमा गिजुभाई बधेकाले नै लडेको बताउँछन् । उनको मनमा यस्तो विचार आफ्नो छोराको लागि उपयुक्त विद्यालयको खोजी गर्दाको समयमा आएको थियो । उनले आफ्नो सोच अनुसारको कुनै पनि विद्यालय पाउन सकेका थिएनन् । उनी आफ्नो अनुभवबाट विद्यार्थीलाई दिइने कठोर दण्ड र कडा शिक्षकको व्यवस्था नहटाएसम्म बाल शिक्षाको उद्धार हुन सक्दैन भन्ने कुरा राम्रोसँग बुझेका थिए । त्यसैले उनले यो मुद्दामा धेरै जोड दिएका थिए ।

    यस्तै प्रयोगमध्ये एक थियो, मारिया मोन्टेसरीको शिक्षा पद्धतिलाई ग्रामीण भारतको आर्थिक स्रोतअनुसार ढालेर त्यसको प्रयोग गर्नु । यो अनौठो किसिमको योजना अनुसार उनले भारतको भावनगरमा दक्षिणमूर्ति बालमन्दिरको नामबाट पूर्व प्राथमिक विद्यालय खोलेका थिए । यो विद्यालयमा पहिलोपटक दुई/तीन वर्षका बालबालिकालाई विद्यालय जाने अवसर मिल्यो । यसअघि भारतमा छ/सात वर्षमा मात्र पहिलोपटक विद्यालय पठाइन्थ्यो ।यो विद्यालयमा परम्परागत प्रणालीलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको थियो ।

    गिजुभाईले बालबालिकालाई शिक्षा प्रदानका लागि विभिन्न नाटक देखाउने गर्थे । यसबाट उनले बच्चाको विचार, कल्पना र संस्कारलाई अझ बजबुद बनाउने उद्देश्यले उक्त नाटक मञ्चन गरिने गरिएको थियो । यो नाटकमा अन्य कालकारको साथमा गिजुभाई आफैं पनि अभिनय गर्थे । यति मात्र होइन  विद्यालयमा कुनै पनि कुरा विद्यार्थीलाई घोकाइन्नथ्यो । उनीहरुलाई घोकेर भन्दा पनि बुझेर पढ्न प्रेरित गरिन्थ्यो र गिजुभाई आफैं पनि उपदेशात्मक शिक्षा प्रणालीको कट्टार आलोचक थिए ।आफ्नो यो विचारबाट नै प्रेरित भएर महात्मा गान्धीको बालपोथीको पनि आलोचना गरेका थिए ।

    उनको आलोचनाबाट प्रभावित भएर गान्धीले पनि बालपोथीको प्रकाशन र वितरणको काम रोकेका थिए ।गिजुभाई भाषा र व्याकरणलाई छुट्टाछुट्टै नभई एकैसाथ पढाउनुपर्छ भन्नेमा विश्वास राख्थे । साथै उनी श्रव्यदृश्यमा अक्षरको अनावश्यक बर्चस्वदेखि निराश पनि थिए । दक्षिणमूर्ति बालमन्दिरको सञ्चालनको क्रममा उनले बालबालिकालाई जुन किसिमको शिक्षा दिन उनी चाहन्छन्, त्यहाँसम्म पुग्न पर्याप्त शिक्षक आवश्यक रहेको बुझे ।यसका लागि उनले सन् १९२५ मा उनले दक्षिणमूर्ति अध्यापक मन्दिर पनि स्थापित गरे । यहाँ छ सयभन्दा धेरै शिक्षकलाई प्रशिक्षित गरेर उनीहरुको सेवाको सदुपयोग सुनिश्चित गरिएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.