• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बिपन्नको चुल्हो बाल्दै प्यूठानका स्थानीय सरकार


  •     / २०७६, १५ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    प्युठान, चैत्र १५

    कोरोना भाईरस(कोभिड १९ )को संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउन पछि समस्यामा परेका ज्यालादारी मजदुरलाई प्यूठानका स्थानीय तहले खाद्यान्न दिने भएका छन।दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुरहरुको परिवारमा खाद्यान्न संकट हुन नदिन उनिहरुले खाद्यान्न उपलब्ध गराउन थालेका हुन। जिल्लाका प्युठान नगरपालिका सहित माण्डबि र नौ बहिनीले आ-आफ्नो गाउपालिका क्षेत्रभीत्रका मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेका छन्। भने अन्यले मजदूरहरुको तथ्यांक संकलन सुरु गरेका छन् ।

    माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले शुक्रवार बसेको कार्यपालिकाको आकस्मिक बैठकले पालिका क्षेत्रभित्र रहेका मजदूरलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । ‘ बिपन्न परिवार छनौट गरी खाद्यान्न सहयोग गर्ने निर्णय गरेका छौँ’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाबाट चामल, दाल, नुन, तेल उपलब्ध गराउने छौं ।’
    कार्यपालिका बैठकले प्रत्येक वडाका २५/ २५ परिवारका लागि १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री दिने निर्णय भएको रोकाले जानकारी दिनुभयो ।उहाका अनुसार गाउँपालिकाले १ सय २५ मजदूर परिवार खाद्यान्न उपलब्ध गराउने भएको हो ।
    विपन्न परिवारलाई खाद्यान्न सामग्रीको जोहोका लागि प्यूठान उद्योग बाणिज्य संघ माण्डवी बजार इलाका र स्थानीय योगी पेट्रोल पम्पका संचालक दामोदर योगीले रू.३०/ ३० हजार बरावर सहयोग गर्ने भएका छन् ।त्यस्तै, गाउँपालिकाले सूचनामा सहज पहुँचका लागि टोल फ्री नम्वर जडान गर्ने निर्णय समेत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो । त्यस्तै, प्यूठानको नौबहिनी गाउँपालिकाले पनि मजदूर परिवारलाई १ महीनाका लागि पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ। गाउँपालिकाले आठ वटै वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न दिने निर्णय गरेको हो। प्यूठान नगरपालिकाले विपन्न एवं मजदुर परिवारको लगत लिएर खाद्यान्न राहत दिने योजना बनाएको जनाएको छ । उता स्वर्गद्धारी नगरपालिकामा पनि विपन्न परिवार छनोटको काम भइरहेको बताईएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.