• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

महाराजगंजमा बाइस सय घर परिवारलाई राहत दिने


  •     / २०७६, १८ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु, चैत्र १८
    कपिलस्तुको महाराजगंज नगरपालिकाले लकडाउनको मारमा पारेका बाइस सय नगरवासीलाई राहत वितरण दिने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नाको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहत दिने निर्णय गरीएको छ ।
    महाराजगंज नगरपालिका भित्र दैनिक ज्यालागरी आफनो परिवार पाल्ने अति गरिब परिवारलाई राहत वितरण गर्न लागेको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । महाराजगंज नगरपालिकाको विपत व्यवस्थापन समितिको आज बसेको बैठकले प्रत्येक वडाबाट २ सय गरिब मजदुरको लागत संकलन गरि अब दुई दिन भित्र राहत वितरण गरिने उहाले बताउनु भयो ।

    राहतका लागि तत्काल रु ५५ लाखको राहत कोष खडा गरि त्यसैबाट राहत वितरण कार्य गरिने नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । उहांले नगरपालिकाको विपत व्यवस्थापन समितीको वजेटले मात्र राहत वितरण गर्न नपुग्ने भएकाले संघीय सरकार प्रदेश सरकार स्थानियसामाजिीक संस्था र निजी क्षेत्रलाई पनि यो अभियानमा सरिक हुन आग्रह गर्नुभएको छ ।

    स्वाथ्यकर्मीहरुले चेकजाचमा कडाई गरेको र भारत तथा विदेशवाट आएका नागरिकलाई क्वारेन्टाईनमा राख्ने गरेको वताउनुभएको छ । उहांले लकडाउनको पुर्णपालना गर्न समेत नगरवासीमा अपिल गर्नुभएको छ । राहत स्वरुप खाद्यन्न र सरसफाईका सामाग्री वितरण गरीने बताइएको छ ।
    महाराजगंज नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र महाराजंगंज क्वारेन्टटाईनमा ८ जनालाई राखिएको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका सबैको खाना बस्न सम्पुर्ण खर्च नगरपालिका मार्फत व्यहोरीएको खरेलले बताउनु भयो ।

    यस्तै नगरपालिकाको वडा सबै वडामा क्वारेन्टाईन स्थापना गरीकाको अधिकृत खरेलले वताउनुभएको छ । महाराजगंज नगरपालिकाको हरदैना, कुशहवा, कजरहवा, बरईपुर, शिशवा, जिगिना, बलरमवापुर गैडाहवामा समेत क्वारेन्टाइन स्थापना गरिएको छ ।
    न्युज सेन्टर बाट साभार गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.