• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बालबालिकालाई कुट्नु हुन्न, सम्झाएरै सुधार्न सकिन्छ


  •     / २०७६, १४ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त?

    अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गरेर पोख्छन्।

    सङ्कटा मन्दिरमा दर्शन गर्न आएकी रश्मि अधिकारी (नाम परिवर्तन) ले पनि आफ्नो छोरालाई दुई थप्पड लगाइन्। त्यसपछि बालकको नाकबाट रगत बग्न थाल्यो । सँगैको मेडिकल पसले सुरेश कार्कीले कपास दिए र आमालाई सम्झाएर पठाए।

    ‘‘बालबालिकालाई अनुशासित बनाउने बहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो,’’ मनोविश्लेषक बासु आचार्यले भने, ‘‘बच्चालाई सही बाटोमा डोहो¥याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिँदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानि, तनाव पैदा गर्छ ।’

    जब बालबालिकालाई कुटिन्छ, डर देखाइन्छ, यातना दिइन्छ त्यसले उसलाई सकारात्मक बाटोमा लाने होइन, बरु नकारात्मकतर्फ मोड्ने आचार्यले बताए। उनले भने, ‘‘यसले बच्चाहरू झन् आक्रामक, आपराधिक मनोवृत्तिका हुन सक्छन्।’

    यो खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

    डा.ओझाका अनुसार बच्चालाई शारीरिक दण्ड दिनुहुन्छ, पिट्नुहुन्छ भने त्यसले बच्चाको सुधार हुँदैन भने यस्तो व्यवहारले अनुशासित पनि हुँदैन न्। वास्तवमा यस किसिमको कारबाहीले बच्चामा काम गर्नका लागि आन्तरिक प्रेरणा जगाउनु जरुरी हुन्छ।

    मनोविश्लेषक आचार्यले बालबालिकालाई कहिले पिट्ने कहिले माया गर्ने जस्तो व्यवहार पनि गर्न नहुने बताउछन्।

    बालबालिकालाई पिट्ने भनेको त गल्ती नै हो। यस्तो पिटाइ खाने बच्चाहरूको बौद्धिकतामा असर पर्नुको साथै सानो गल्तीमा पनि पिटाइ खाने त हो नि भन्ने भावना सिर्जना हुन्छ।

    बालबालिकालाई यो काम नगर वा त्यो भने गर्दा हुन्छ भन्ने गर्नुपर्छ, त्यसले गर्दा उनीहरूमा जानकारी हुने मनोविश्लेषकहरूको भनाइ छ ।

    आचार्य एक अध्ययनको स्मरण गर्दै भन्छन्, ‘‘साना प्राथमिक तहका बालबालिकालाई गरिएको गाली गर्ने वा पिट्ने वा सम्झाउने भन्ने सर्वेक्षणमा धेरैले सम्झाउँदा सम्झने प्रतिक्रिया दिएका थिए ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.