काठमाडौं, असोज ९ ।आईपीएल टोली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ ।
बिहीबार राति भएको खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध स्लो ओभर गरेको भन्दै आयोजकले १२ लाख भारु जरिवाना तिराएको हो ।
सोही खेलमा बैंगलोर ९७ रनले पन्जाबसँग पराजित भएको थियो । यसै खेलका दौरान कोहलीले पन्जाबका कप्तान लोकेस राहुलको क्याच छाडेका थिए । उक्त क्याच बैंगलोरका लागि भारी बनेको थियो । राहुलले बैंगलोरविरुद्ध अविजित १३२ रनको शतकीय पारी खेलेका थिए । एजेन्सी







