काठमाडौं, असोज १६ । टेलिभिजनको सबैभन्दा लोकप्रिय शो इन्डियन आइडल को १२ औं सिजन चाँडै सुरु भएको छ ।
१ अक्टोबरबाट इन्डियन आइडलको आगामी सिजनको सुर्टिङ शुभारम्भ भएको हो । यस मौकामा गायिका नेहा कक्कडले इन्डियन आइडलसँग सम्बन्धित भिडियो पोस्ट गरेकी छिन्, जसमा शो को बाकी २ निर्णायकको साथमा नेहा देखिएकी छिन् ।
यो भिडियो पोस्ट गर्दै नेहाले क्याप्सन लेखेकी छिन्, ‘उही आर ब्याक’ । यसपटक पनि जर्ज प्यानलमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड सहभागी छन् । कोरोना महामारीले गर्दा यस सिजनमा पहिलो अडिशन डिजिटल रुपमा आयोजित गरीएको थियो । एजेन्सी







