काठमाडौं, असोज २१ । चलचित्र ‘सेल्फी किङ्ग’ युटुबमा रिलिज गरिएको ४ दिनमै ट्रेन्डिङमा सफल भएको छ ।
अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ युट्युवमा रुचाइएको छ । फिल्मले अहिलेसम्म १० लाख बढी दर्शक भ्युअर्स पाउँदै युट्युवको २ नम्बर ट्रेन्डिङमा कब्जा गर्न सफल भएको छ ।
उक्त फिल्मका निर्देशन विशाल सापकोटाको कथामा आधारित निर्माण गरिएको उक्त चलचित्रमा विपिन कार्की, लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, जीवन भट्टराई आदि कलाकार प्रमुख भूमिकामा छन्। चलचित्र ओएसएआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।







