काठमाडौं , पौष २७ । देशका चर्चित ३० कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वरम रेकर्ड भएको एउटा यूगल राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा संस्कृदबिद्ध सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मका कलाकारको अभिनय रहेको छ ।
आनन्द अधिकारीको शब्द तथा राजन ईशानको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली’ शीर्षकको गीतको भिडियषे सार्वजनि भएको हो ।
लगातार ४ दिन लगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्रमालगायतका स्थानमा छायाँकन भएको भिडियो निकै आकर्षक बनेको छ ।
फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मामानन्धर, निर्मल शर्मा, राजारामपौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजनप्रधान, प्रशान्तताम्राकार, आकाशश्रेष्ठ, उषा खड्गी, कविताशर्मा, दीलिप रायमाझी, गायिका देविकाबन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल लगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ ।
रामशरण उप्रेतीको छायाँकन रहेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन छ ।







