
काठमाडौँ ,पौष २५ ।भारत भ्रमणमा रहेको श्रीलंका टोलीले आज भारतसँग तेस्रो टि ट्वान्टि क्रिकेट खेल्दैछ ।
श्रीलंका र भारत बिचको खेल नेपाली समय अनुसार आज बेलुका ७ ः१५ बाट सुरु हुनेछ ।
भारत भ्रमणमा रहेको श्रीलंकन टोलीले यो खेल जित्दै टि ट्वान्टि सिरिज बराबरी गर्न चाहन्छ भने उता भारतले यो खेल जित्दै टि ट्वान्टि सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ ।
यि टिम बिचको पहिलो टि ट्वान्टि खेल बर्षा कारण रद्ध भएको थियो भने दोस्रो खेल भारतले जितेको थियो ।
भारत भ्रमणमा रहेको श्रीलंकन टोलीले भारतसँग एकदिवसिय सिरिज पनि खेल्नेछ ।