माघ ५, काठमाडौ
अस्ट्रेलिया र भारत बीचको तेश्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे शुरु हुनेछ ।
तीन खेलको शृंखला १-१ को बराबरीमा रहेको छ । आजको खेलमा जीत हात पार्ने टोलीले तीन खेलको एकदिवसीय शृंखला आफ्नो नाममा बनाउनेछ ।
मुम्बईमा भएको पहिलो खेल अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो भने दोश्रो खेल भारतले ३६ रनले खेल आफ्नो पक्ष्यमा पार्दै सिरिज बराबरी बनाउन सफल भएको थियो ।