• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पाँच हारपछि चेन्नईको जित, धोनी र दुबेको शानदार ब्याटिङ


  •    सूचना डबली संवाददाता / २०८२, २ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान।  लगातार पाँच खेलमा हार बेहोरेको चेन्नई सुपर किंग्सले अन्ततः इण्डियन प्रिमियर लिग (IPL) २०२५ मा दोस्रो जित हात पारेको छ।

    मंगलबार राति सम्पन्न खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गर्दै लिगमा पुनः लय फर्काउने संकेत दिएको छ। लखनउले दिएको १६७ रनको लक्ष्य चेन्नईले १९.३ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गर्‍यो।

    जितमा शिवम दुबेले अविजित ४३ रनको योगदान दिए भने रचिन रवीन्द्रले ३७ रन र शेख रशीदले २७ रन बनाए। कप्तान महेन्द्र सिंह धोनीले मात्र ११ बलमा चार चौका र एक छक्का प्रहार गर्दै २६ रनको विस्फोटक अविजित पारी खेले र ‘प्लेयर अफ द म्याच’ घोषित भए।

    बलिङतर्फ लखनउका रवि विश्नोईले दुई विकेट लिए भने दिग्वेश राठी, आवेश खान र एडन मार्कमले एक–एक विकेट हात पारे।

    खेलको सुरुवातमा अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.