प्युठान। प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले रेक्टर खड्ग केसीलाई त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त गरेका छन्।
त्रिवि ऐनअनुसार उपकुलपति पद रिक्त भएमा रेक्टरलाई अधिकतम तीन महिनाका लागि निमित्त जिम्मेवारी दिन सकिन्छ।
यस अवधिमा शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरी नयाँ उपकुलपति नियुक्त गर्ने प्रक्रिया अघि बढाइनेछ।
पूर्व उपकुलपति डा. केशरजंग बरालले चैत १५ गते राजीनामा दिएका थिए, जुन प्रधानमन्त्री ओलीले गत बिहीबार स्वीकृत गरेका थिए। केसीले मंगलबार नियुक्ति पत्र बुझेका छन्।
