प्युठान, वैशाख ५ । चेन्नईले गुर्जपनीतको स्थानमा ब्रेभिसलाई अनुबन्ध गरेको छ ।
तेज बलर गुर्जपनीत सिंहको स्थानमा दक्षिण अफ्रिकी युवा खेलाडी डेवाल्ड ब्रेभिसलाई आईपीएल २०२५ को बाँकी खेलहरूको लागि अनुबन्ध गरेको छ।
टिमसँग एउटा विदेशी खेलाडीको स्थान खाली रहेकोले चेन्नईले उनलाई ल्याउन सफल भएको हो।
एबीडीको शैलीमा तुलना हुँदै आएका ब्रेभिसलाई विश्व क्रिकेटको एक होनहार खेलाडीका रूपमा हेरिन्छ।
ब्रेभिस अघिल्लो सिजनसम्म मुम्बई इन्डियनमा आवद्ध थिए।
