प्यूठान, वैशाख ३१ । इन्डियन प्रिमियर लिग (IPL) 2025 को बाँकी खेलका लागि जेक फ्रेजर-म्याकगर्क व्यक्तिगत कारणले टुर्नामेन्टबाट बाहिरिएपछि दिल्ली क्यापिटल्सले बंगलादेशका तेज बलर मुस्ताफिजुर रहमानलाई उनको स्थानमा अनुबन्ध गरेको छ।
बायाँहाते मिडियम पेसर रहमानले हालसम्म ५७ आईपीएल खेल खेल्दै ६१ विकेट लिएका छन्।
अन्तर्राष्ट्रिय स्तरमा उनले बंगलादेशका लागि १०६ टि-२० खेल खेलेका छन् । जसमा उनले १३२ विकेट लिएका छन्।
दिल्ली क्यापिटल्सले उनलाई ६ करोड भारतीय रुपैयाँमा टोलीमा भित्र्याएको हो।
