प्युठान। भारत र पाकिस्तानबीचको युद्धविरामपछि इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेलहरू पुनः सञ्चालनमा आउने भएको छ।
यस सन्दर्भमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सिजनको बाँकी खेलहरूको नयाँ तालिका सार्वजनिक गरिसकेको छ।
युद्धका कारण स्थगित भएका खेलहरू अब भोलिदेखि सञ्चालन हुने भएको छ।
यद्यपि, केही विदेशी खेलाडीहरू व्यक्तिगत वा अन्य कारणले बाँकी सिजनमा सहभागी नहुने भएपछि बीसीसीआईले टिमहरूलाई अस्थायी रूपमा वैकल्पिक खेलाडीहरू राख्न दिने निर्णय गरेको छ।
यसबाट फ्रेन्चाइजीहरूलाई टोली सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि आईपीएलको फाइनल मे २५ मा हुने तय गरिएको थियो। तर हालको परिस्थितिलाई मध्यनजर गर्दै अब फाइनल खेल जुन ३ मा तय गरिएको बीसीसीआईले जनाएको छ।
