प्युठान। पञ्जाब किंग्स ११ वर्षपछि पुनः आईपीएल प्लेअफमा स्थान बनाउन सफल भएको छ ।
सन् २०१४ मा उपविजेता बनेपछि अन्य सिजनमा प्लेअफ पुग्न असफल रह्यो।
आईपिएल २०२५ मा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गर्दै प्लेअफमा स्थान सुनिश्चित गरेको हो।
यस जितमा नेहाल वढेरा र शशांक सिंहले अर्धशतक प्रहार गरे भने हरप्रीत ब्रारले ३ विकेट लिएर टोलीलाई जित दिलाए।
पञ्जाब किंग्सले १२ खेलमा १७ अंक बटुल्दै प्लेअफमा स्थान बनाएको हो। यो सिजनमा पञ्जाबले उत्कृष्ट प्रदर्शन गर्दै ६ पटक २०० भन्दा बढी रन बनाएको छ, जुन आईपीएल इतिहासमा एक सिजनमा सर्वाधिक बराबरी हो।
यस सिजनको सुरुवातमा पञ्जाब किंग्सले पूर्व अष्ट्रेलियन कप्तान रिकी पोन्टिङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनको नेतृत्वमा टोलीले रणनीतिक सुधार गर्दै उत्कृष्ट प्रदर्शन गरेको देखिन्छ।
पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यरले तीन फरक टोलीलाई आईपीएल प्लेअफमा पुर्याउने पहिलो कप्तान बन्ने कीर्तिमान पनि बनाएका छन्।
यसअघि उनले दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सलाई पनि प्लेअफमा पुर्याएका थिए।
पञ्जाब, गुजरात र बैंगलुरु प्लेअफको स्थान पक्का गरिसकेका छन् । अबको १ स्थानको लागि दिल्ली , मुम्बई र लखनउ बिच प्रतिस्पर्धा रहेको छ।
