प्युठान। पञ्जाब किंग्सले २०२५ को इन्डियन प्रिमियर लिग (IPL) को दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै ११ वर्षपछि फाइनलमा स्थान बनाएको छ।
कप्तान श्रेयस अय्यरको ४१ बलमा ८७ रनको आक्रामक इनिङ्सले पञ्जाबले २०४ रनको लक्ष्य पुरा गर्यो । पञ्जाबको जितमा अय्यर र नेहाल वधेराको ८४ रनको साझेदारी निर्णायक बन्यो।
अय्यरको आक्रामक ब्याटिङले अश्विनी कुमारको ओभरमा २६ रनको प्रहारले खेलको दिशा पञ्जाबतर्फ मोडिदियो। पञ्जाबका युजवेंद्र चहल र अजमतुल्लाह ओमरजाईले मध्य ओभरमा विकेट लिएर मुम्बईलाई २०३/६ मा सीमित गरे।
अब पञ्जाब किंग्सको सामना क्वालिफायर १ विजेता बैंगलुरुसँग हुनेछ। बैंगलुरु पनि पहिलो पटक आईपीएल उपाधि जित्ने लक्ष्य राखेको छ। यो फाइनल खेल क्रिकेटप्रेमीहरूको लागि अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
