माघ १५, काठमाडौ
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट टेष्ट राष्ट्र अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।
चितवन टाइगर्सले बुधबार प्रेस विज्ञप्ति निकाल्दै पहिलो विदेशी खेलाडीको रुपमा मोहम्मदलाई टिममा अनुबन्धित गराएको जनाएको हो ।
चितवनले यस संस्करणको लागि साहजादलाई भित्राउन पाउँदा निकै उत्साहित भएको समेत जनाएको छ ।
मोहम्मदले बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधाबी टी-१० समेत खेलिसकेका छन्
आफुले अनुभवि खेलाडिलाइ भित्राउन पाउँदा निकै उत्साहित भएको त्यस विग्यप्तिमा जनाइएको छ।
चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।