माघ १५, काठमाडौ
तेस्रो टी २० खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले ५ खेलको टि २० सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको छ । अघिल्लो ३ खेल जित्दै भारतले २ खेल अगावै सिरिज आफ्नो पोल्टामा पारेको हो।
भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा न्युजिल्याण्डले भारतलाई १८ रनको लक्ष्य दिएको थियो । केन विलिम्यसनले ११ र गप्टिलले ५ रन बनाउँदा एक रन बाई मार्फत आएको थियो । सुपर ओभरमा भारतका जसप्रित बुमराहले बलिङ गरेका थिए ।
१८ रनको लक्ष्य पछ्याएको भारतले २० रन बनाउँदै तेस्रो टी २० पनि जित्न सफल भयो ।
भारतले दिएको १८० रनको लक्ष्य न्युजिल्याण्डका निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १७९ रन बनायो
न्युजिल्यान्डका लागि कप्तान केन विलिम्लाग सर्वाधिक ९५ रन बनाए, त्यस्तै मार्टिन गप्टिलले ३१ रन जोड्दा कोलिन मुनरोले १४ रन बनाएर आउट, रस टेलरले १७ रन जोडे। उता बलिङतर्फ भारतका लागि मोहम्मद सामी र सार्दुल ठाकुरले २–२ विकेट लिँदा युजबेन्द्र चहल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले सर्वाधिक ६५ रन बनाउदा विराट कोहलीले ३८ रन जोडे, त्यस्तै लोकेश राहुलले २७ रन जोड्दा श्रेयस एयय्रले १७ रन बनाए ।
बलिङतर्फ न्यूजिल्याण्डका हामिट बेनेटले दुई विकेट लिए