- माघ १७, २०७६
सुरज थापा मगर, सैनामैना ।
नेपाल भरी नै वसन्त पञ्चमीको अवसरमा शिक्षाकी धनी सरस्वती माताको पुजा गरीरहदा रुपन्देहीको सैनामैनाका सरकारी तथा निजी विद्यालयमा पनि बिहिबार सरस्वती माताको पुजा गरिएको छ ।
बिहीबार सरकारी र निजि विद्यालयमा गरी ७ सय २२ जना नयाँ विद्यार्थी भएका छन् । सरकारी विद्यालयमा १ सय ४७ जना र निजि विद्यालयमा ५ सय ४८ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
सैनामैनाको ११ वडामा १८ वटा सरकारी विद्यालयहरु रहेका छन् । १३ वटा मावि तह र ५ वटा आधारभुत तहका विद्यालय रहेका छन् । सबै विद्यालयमा सरस्वती पुजा भएका छन् भने धेरै जसो विद्यालयले मात्र नयाँ विद्यार्थी भर्ना गरेका छन् ।- जसमध्ये रामापुर माविमा १५ जना, पशुपति माविमा ४० जना, सैनामैना माविमा ३० जना, दुर्गा भवानी माविमा ९ जना, जनकल्याण माविमा १५ जना, सरस्वती माविमा ७ जना, पश्चिम पर्रोहा माविमा ५ जना र राष्ट्रिय माविमा २२ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
जन ज्योति आधारभुत विद्यालय सैनामैना ३ पर्सावालमा ४ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । कोटियादेवी मावि र मलमला माविको फोन सम्पर्क भएपनि जानकारी प्राप्त गर्न सकिएन ।- महेरवा आधारभुत विद्यालय, पर्रोहा परमेश्वर आधारभुत विद्यालय, कालिका आधारभुत विद्यालय र जन ज्योति आधारभुत विद्यालय सैनामैना ११ का प्रध्यानाध्यपकहरुको फोन भने उठेन । सबै विद्यालयले भर्ना निशुल्क गरेका छन् । पर्रोहा मावि र सालझण्डी माविमा सरस्वती पुजा भएपनि नयाँ विद्याथी भर्ना भने हुन सकेनन् ।
निजि विद्यालय तर्फ सैनामैना मेमोरियल स्कुलमा ९२ जना, लिटिल बर्ड स्कुलमा ४० जना, न्यू एकेडेमी स्कुलमा ७० जना, प्रभात ई. बो. स्कुलमा १ सय १८ जना, सुनगाभा पब्लिक माविमा ८५ जना, ग्यालेक्सी बोडिङ्ग स्कुलमा ४५ जना, रुपन्देही मोर्डन स्कुलमा ६३ जना र नव प्रभात बोडिङ्ग स्कुलमा ३५ जना नयाँ विद्यार्थी भएका छन् ।
सरस्वती पुजाको अवसरमा २ बर्ष पुरा भएका साना–साना नानी बाबुहरुलाई अक्षर लेख्न सिकाउने र आज देखि विद्यालय नियमित जाने बानी बसाल्नको लागि आज कै दिन अक्षारम्भ गर्ने चलन समेत रहेको छ ।
रुपन्देहिको सैनामैनाका विद्यालयहरुमा सरस्वती पुजा , ७ सय २२ जना नयाँ विद्यार्थी भर्ना
रुपन्देहिको सैनामैनाका विद्यालयहरुमा सरस्वती पुजा , ७ सय २२ जना नयाँ विद्यार्थी भर्ना
तपाईको प्रतिक्रिया