• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेबि संघ सिद्धार्थ गौतमबुद्द क्याम्पसले गर्यो बिद्यार्थि सम्मान


  •     / २०७६, २० माघ सोमबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी/ माघ २० बुटबल,सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा स्नातक तहका नव आनगन्तुक बिद्यार्थीलाई नेपाल बिद्यार्थी संघले स्वागत गरेको छ ।

    क्याम्पसमा कार्यक्रमको आयोजना गरि नेपाल बिद्यार्थी संघ इकाई समितिले नव आगन्तुक बिद्यार्थीलाई स्वागत गरेको हो ।
    बिद्यार्थी स्वागत कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व मन्त्री अब्दुल रज्जाकले नेपालको प्रजातान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा बिद्यार्थीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो।

    अतिथिगण

    उहाँले अहिले बहुमतको कम्युनिष्ट सरकारले नेपाली जनतालाई धोका दिएकाले त्यसका बिरुद्ध पनि बिद्यार्थीले सरकारलाई सचेत गराउन आवश्यक रहेको औंल्याउनु भयो । सभापति रज्जाकले सरकारले संविधान प्रतिकुल हुनेगरी बिधेयकहरु ल्याउने तथा संविधानको मर्म र भावना विपरित लोकतन्त्रलाई कमजोर बनाउने काम गरेकाले नेपाली काँग्रेसले गरेका बिरोधका कार्यक्रममा साथ र सहयोग गर्नकालागि पनि नेबिसंघलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले कम्युनिष्ट सरकारले सत्तालाई माग्ने भाँडो बनाएको बताउँदै नेपाल गरिव भए पनि देशको स्वाभिमानमा मानमर्दन नगर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले स्ववीयु निर्वाचन नजिकिँदै गर्दा आफूले हार्ने भयले स्ववीयु निर्वाचन हुन नदिनकालागि सत्तासिन दलका भातृसंगठनहरुले गतिबिधि सुरु गरेकाले त्यसतर्फपनि सचेत हुन नेबिसंघका नेताहरुलाई आग्रह गर्नुभयो । त्यस्तै बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले सिद्धार्थ क्याम्पसको जग्गा प्राप्ती र भवन निर्माणकालागि नेपाली काँग्रेसको भूमिका रहेको स्मरण गर्दै आगामी दिनमा पनि क्याम्पसको स्तर बृद्धिमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उल्लेखनिय सहभागिता

    नेपाल बिद्यार्थी संघ इकाई समितिका सभापति महेश शर्मा पौडेलले स्ववीयु निर्वाचन नजिकिँदै गर्दा विपक्षि संगठनले क्याम्पसका प्राध्यापकहरुलाई आक्षेप लगाउने तथा बिद्यार्थीमा समेत भ्रम फैलाउने गतिबिधि गरेकाले त्यस्तो नगर्न चेतावनी दिनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना, इकाई सचिव दिपक घिमिरे , अस्मिता भारती लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम र आफ्नो कला प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकारहरु बिक्रमबाबु विश्वकर्मा, बिनोद बिष्ट र सुमन कार्की लगायतले विद्यार्थीलाई झुमाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.