माघ २१, काठमाडौ
आईसीसी क्रिकेट विश्वकप लिग-२ को लागि नेपाल आएको अमेरिकि टिमलाइ अभ्यास खेलमा नेपाल -११ टिमले ३७ रनको जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल -११ ले अमेरिकालाई ३७ रनले हराउन सफल भएको हो ।नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउँने क्रममा अमेरिकाले ३२.२ ओभर अलआउट हुँदै मात्र ७४ रन बनाउन सक्यो ।
अमेरिकाका लागि स्टेभेन टेलरले सर्वाधिक २८ रन बनाए । यस्तै तिमिल पटेलले २० रन जोडे भने अन्य ब्याटसम्यानले दोहोरो अङ्क बनाउन सकेनन्
बलिङ तर्फ नेपाल-११ का सागर ढकालले ३ विकेट लिदा भुवन कार्की र पवन सर्राफले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ११ ले सुवास खकुरेको ५२ रनको अर्धशतकीय इनिङ्सको मदतले १११ रन बनाएको थियो। नेपाल ११ लेब ३३.५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो ।यस्तै नेपाल-११ का लागि पवन सर्राफले १९ रन बनाए ।
बलिङ तर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले २/२ विकेट लिए ।