• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ओमन त्रीकोणात्मक सिरिजमा अपराजित


  •     / २०७६, २८ माघ मंगलवार प्रकाशीत

  • Advertisement

    माघ २८, काठमाडौं ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको उपाधि ओमानले जितेको छ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अमेरिकालाई ९२ रनले हराउँदै ओमान ४ खेलमा ४ जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

    ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।

    अमेरिकाका लागि निसर्ग पटेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

    यस्तै आरोन जोन्सले अविजित ४७ रन जोड्दा  इयान होल्याण्डले २८ रन बनाए । यस्तै जेभियर मार्शलले २३ र रुस्टी थेरनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    अमेरिकालाई सस्तैमा समेट्न ओमानका बिलाल खान र अकिब अयासले समान ३/३ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

    ओमानको उच्च योगफलमा कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले । मध्यम सुरुवात गरेको ओमानका लागि दुवैले तेस्रो विकेटका लागि २ सय १६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

    मक्सुदले १ सय ९ रनको शतकीय इनिङ्स खेले । १ सय ३ बलमा शतक बनाएका उनले १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । उनको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो ।

    यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । उनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले यस अघि नेपालसँगको खेलमा पनि शतक बनाएका थिए ।

    अमेरिकाका सौरभ नेत्राभाल्कर र रुस्टी थेरनले ३/३ विकेट लिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.