• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाली मुलका खेलाडी सुरज ओमनी टिममा कसरी पुगे त?


  •     / २०७६, ७ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौ फागुन ७ सायद परिवारको आर्थिक अवस्था कमजोर नभएको भए यतिबेला सुरज नेपाली क्रिकेट टोलीका विकेटकिपरसगैँ भरपर्दा ओपनर व्याटसम्यानसमेत हुन्थे होला ।
    हाल ओमनको राष्टिय टोलीबाट खेलिरहेका नेपाली मुलका खेलाडि सुरज र हाल नेपाली क्रिकेट टिमबाट खेलीरहेका सोम्पाल कामीले करिव ८ बर्ष अघि भारतमा सगैँ क्रिकेट खेल्थे ।
    त्यतिबेला सुरजले ओपनिङ व्याटिङ सगै किपिङ गर्थे भने सोम्पालले बलिङ गर्थे । दुबै भारतका स्थानिय क्लवहरुबाट खेल्ने गर्थे । कहिलेकाहि दुबै एउटै टिमबाट खेल्थे भने कहिले फरक टिमबाट । त्यतिबेलासम्म सुरज र सोम्पाल साथि भइसकेका थिए । यत्तिकैमा नेपालबाट क्रिकेट खेल्न प्रस्ताव आएसगँै सोम्पाल काठमाडौँ आए भने सुरजलाइ त्यो अवसर मिलेन । बाग्लुङको बुर्तिवाङ घर भएता पनि सुरज भारतमा जन्मिएका हुन् । पारिवारिक अवस्थाले गर्दा सुरजको क्रिकेट सपना नै थियो त्यतिबेला सोम्पाल भने नेपाल आएर क्रिकेट खेल्न थालिसकेका थिए । त्यसो त सोम्पालले पनि सुरजलाइ नेपाल ल्याउन नखोजेका भने होइनन् । त्यतिबेला आफैलाइ बस्ने खाने राम्रो व्यवस्था मिलाउदै थिए तर पनि राम्रो क्षमता भएका सुरजलाइ नेपाल भित्राउन चाहन्थे ।

    सुरजलाइ सम्झदै सोम्पाल भन्छन् सुरज नेपाल आउने कुरा भएको थियो तर नेपाली क्रिकेट प्रतिबन्धमा परेपछि सुरज नेपाल आउन पाएनन् ।सानैबाट क्रिकेट खेल्न सिकेका सुरजले भारतका विभिन्न क्लवहुदै जिल्ला स्तरिय प्रतियोगिता खेल्ने भए । अझै उनको सपना पुरा भएको थिएन उनको अन्र्तराष्टिय क्रिकेट खेल्ने सपना रहेको थियो । अन्तत नेपाल आउने नपाएपछि उनी त्यहि उदेश्य लिएर ओमन पुगे । ओमन पुगेका सुरजलाइ ओमनको एउटा कम्पनिबाट क्रिकेट खेल्ने र काम पनि गर्नु पर्ने प्रस्ताव आयो र सो प्रस्ताव सुरजले सहजै स्विकार गर्दै कामसगँै क्रिकेट खेल्न थाले । संंयोगले सुरजले डेब्यु खेल नेपाल विरुद्ध खेल्ने मौका पाए । सो खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् । दोस्रो पटक नेपालसगँको भेट सुरजको सन् २०१९ ओमनमा भएको खेलसँग भयो । सो खेलमा भने उनले राम्रो प्रर्दशन गरे उनले सो खेलमा नट आउट ४२ रन बनाए । जुन खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

    भर्खरै नेपालमा सम्पन्न त्रिकोणान्मक सिरिज खेल्न नेपालका आएका सुरजले नेपालको विरुद्धको पहिलोे खेलमा शुन्य रनमै आउट भएका थिए भने नेपाल विरुद्धको दोस्रो खेलमा उनको व्याटि गर्ने पालो आएन । त्यस्तै अमेरिकाविरुद्धको पहिलो खेलमा उनले नट आउट ३३ रन बनाएका थिए । क्रिकेट खेल्न नेपाल आएका सुरजलाइ भेट्न बाग्लुङबाट बाबुआमा भेट्न समेत आएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.