• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

एसइईमा उत्कृष्ट नतिजा ल्याउनका लागि विधालय थप


  •     / २०७६, १२ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    प्रकाशित मिति : १२ फाल्गुन २०७६,- विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यालयमा थप कक्षा सञ्चालन गरेका छन् । विद्यालयको सिकाइ उपलब्धि सुधार गरी उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई सहयोग होस् भनी थप कक्षा सञ्चालन गरिएको हो ।टीकापुरस्थित राष्ट्रिय मावि मौरनियाले विद्यालयमै ‘डे होस्टेल’ सञ्चालन गरेको छ । मौरनियामा कक्षा १० का विद्यार्थीलाई बिहानै बोलाउने र साँझसम्म विद्यालयमै राखेर पढाउन थालिएको छ ।‘‘कक्षा १० का विद्यार्थीका लागि बिहान, दिउँसोको खाजाको व्यवस्था विद्यालयमै गरिएको छ । विद्यार्थीको पढाइमा थप प्रगतिका लागि अभिभावकसँगको सल्लाहमा यसरी पढाउन थालिएको हो”, प्रधानाध्यापक शम्भुराज भट्टराई भन्छन्, “साँझ र बिहानको समयमा उनीहरुलाई थप कक्षा दिएर अध्यापन गर्न थालेका छौँ ।”

    एसइईको नतिजाले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले सरस्वती मावि बनाउनाले पनि कक्षा ८, ९ र १० का विद्यार्थीलाई साउन महिनादेखि नै बिहानको समयमा थप कक्षाको व्यवस्था गरेको छ । ‘‘राम्रो नतिजा ल्याउन ८ कक्षाबाटै मिहिनेत गर्नुपर्छ भन्ने ठानेर चालू आवको साउन महिनादेखि निरन्तर थप कक्षाको व्यवस्था गरेका छौँ”, प्रधानाध्यापक खगेन्द्र घर्तिमगरले भने “विद्यार्थीले कुन विषय पढ्ने, भविष्यमा गएर के गर्ने भन्ने कुरा एसइईपछि निर्धारण हुने भएकाले हामी समयमै सचेत बनेका हौँ ।”विद्यालयको नतिजामा सुधार गर्नाका साथै बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन यहाँका विद्यालयले विभिन्न रणनीति बनाएका छन् । कर्णाली मावि टीकापुरले पनि असार महिनाबाटै नियमित थप कक्षाको व्यवस्था गरेको छ । विद्यालयले कमजोर विद्यार्थीका लागि विशेष निगरानीसहित कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.