• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

एसइईमा उत्कृष्ट नतिजा ल्याउनका लागि विधालय थप


  •     / २०७६, १२ फाल्गुन सोमबार ०८:३१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्रकाशित मिति : १२ फाल्गुन २०७६,- विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यालयमा थप कक्षा सञ्चालन गरेका छन् । विद्यालयको सिकाइ उपलब्धि सुधार गरी उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई सहयोग होस् भनी थप कक्षा सञ्चालन गरिएको हो ।टीकापुरस्थित राष्ट्रिय मावि मौरनियाले विद्यालयमै ‘डे होस्टेल’ सञ्चालन गरेको छ । मौरनियामा कक्षा १० का विद्यार्थीलाई बिहानै बोलाउने र साँझसम्म विद्यालयमै राखेर पढाउन थालिएको छ ।‘‘कक्षा १० का विद्यार्थीका लागि बिहान, दिउँसोको खाजाको व्यवस्था विद्यालयमै गरिएको छ । विद्यार्थीको पढाइमा थप प्रगतिका लागि अभिभावकसँगको सल्लाहमा यसरी पढाउन थालिएको हो”, प्रधानाध्यापक शम्भुराज भट्टराई भन्छन्, “साँझ र बिहानको समयमा उनीहरुलाई थप कक्षा दिएर अध्यापन गर्न थालेका छौँ ।”

    एसइईको नतिजाले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले सरस्वती मावि बनाउनाले पनि कक्षा ८, ९ र १० का विद्यार्थीलाई साउन महिनादेखि नै बिहानको समयमा थप कक्षाको व्यवस्था गरेको छ । ‘‘राम्रो नतिजा ल्याउन ८ कक्षाबाटै मिहिनेत गर्नुपर्छ भन्ने ठानेर चालू आवको साउन महिनादेखि निरन्तर थप कक्षाको व्यवस्था गरेका छौँ”, प्रधानाध्यापक खगेन्द्र घर्तिमगरले भने “विद्यार्थीले कुन विषय पढ्ने, भविष्यमा गएर के गर्ने भन्ने कुरा एसइईपछि निर्धारण हुने भएकाले हामी समयमै सचेत बनेका हौँ ।”विद्यालयको नतिजामा सुधार गर्नाका साथै बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन यहाँका विद्यालयले विभिन्न रणनीति बनाएका छन् । कर्णाली मावि टीकापुरले पनि असार महिनाबाटै नियमित थप कक्षाको व्यवस्था गरेको छ । विद्यालयले कमजोर विद्यार्थीका लागि विशेष निगरानीसहित कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    त्रिविका स्नातक तहका परीक्षा माघ १८ बाट हुने
    एसईईका लागि रजिष्ट्रेसन फारम खुल्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    • ३. श्रीलंकाको जेलमा २६ नेपाली महिला

    • ४. अमेरिकी डलरको विनिमय दर आज कति ?

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.