• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अधिराज्य बाट सय किलोमिटरको साइक्लिङमा सहभागिता जनाउने पहिलो मधेसी मुस्लिम नासिर


  •     / २०७६, १२ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

     फाल्गुन १२- कपिलवस्तु नगर पालिका वडा नम्बर १ का नसीरुद्दिन गौरी(नासिर) एक सय किलोमिटरको साइक्लिङमा नेपाल बाट सहभागिता जनाउने पहिलो मधेसी मुस्लिम बनेका छन्। नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा भएको ‘टुर दी ठाकुरद्वारा २०२०’ मा पहिलोपटक कपिलवस्तुबाट ३६ वर्षीय नासीर ले सहभागिता जनाएका हुन्। नेपालबाट साइक्लिङमा सहभागिता जनाउने उनी पहिलो मधेसी मुस्लिम हुन्। यसअघि हुने एक सय मिटर लामो साइक्लिङमा पहिलो पटक कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १ शिव मन्दिर टोल बस्ने नासिरले सय किलोमिटर साइकल यात्रा सहभागिता जनाएका छन ।

    विश्व साइकल यात्री पुस्कर शाहको पनि सहभागिता रहेको कार्यक्रममा नेपाल भरिबाट करिब १२० जना सहभागिता थिए। उक्त कार्यक्रममा भारत र अस्ट्रेलियाका साइकल यात्रीको पनि सहभागिता रहेको थियो। टूर दी ठाकुरद्वारा कार्यक्रमको नेतृत्व विश्व साइकल यात्री पुस्कर शाहले गरेका थिए। टुर दि ठाकुरद्वारा पहिलोपटक सहभागी बनेका नासिरले यस्ता कार्यक्रमहरू कपिलवस्तुमा पनि आयोजना गर्न आवश्यक रहेको बताउँछन्। ‘साइकल चलाउँदा व्यायाम हुने नै भयो स्वास्थ्यका लागि पनि फाइदाजनक छ।’ उनको भनाइ छ ।

    साइकल चलाउँदा घुँडा लगायतका जोर्नीहरू बलियो हुने उनी बताए। ‘स्वास्थ्य र वातावरणको लागि साइकल’ भन्ने कुरालाई अभियानको रूपमा अगाडि बढाउन स्थानीय सरकारले समेत भूमिका खेल्न जरूरी रहेको नासिरको भनाइ छ। नेपालगन्जबाट सुरु भएको यो यात्रा दुई दिनसम्म चलेको थियो। पहिलो दिन नेपालगन्जबाट ठाकुरद्वारासम्म पुगेको यो टोली दोस्रो दिन ठाकुरद्वारादेखि चिसापानीसम्म पुगेर समापन गरिएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.