• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘प्रसाद’लाई लिएर नम्रताको मनमा उत्साह र डर


  •     / २०७५, ५ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’लाई लिएर नायिका नम्रता श्रेष्ठको मनमा डर र उत्साह दुबै छ । किनकी, चलचित्रको गीत र ट्रेलरलाई दर्शक र समिक्षकले निकै मन पराएपछि नम्रता उत्साहित पनि छिन् । तर, दर्शक र मिडियाले अपेक्षा गरेअनुसार पाएनन् भने के होला भन्ने डर पनि उनको मनमा छ ।

    यसैले पनि नम्रता हिजोआज राम्रोसँग निदाउन सकेकी छैनन् । नम्रताले भनिन्–‘म हलमा गएर बस्दा पनि चलचित्रको ट्रेलरलाई लिएर दर्शकमा उत्साह खुबै रहेको पाएँ । यसले मलाई अत्यन्त खुशी बनाएको छ । तर, मनमा डर पनि छ । दर्शकले कतै सोचे जस्तो भएन भने के होला भन्ने पनि लाग्छ ।’

    नम्रताले चलचित्रमा नायक विपिन कार्कीको श्रीमतिको भूमिकामा अभिनय गरेकी छिन् । सन्तान नभएपछि एक दम्पत्तीले भोग्ने पीडा र त्यसमा बाहिरी पुरुषको खेललाई चलचित्रले सम्वेदनशिल तरिकाले देखाएको छ । नम्रताले यो चलचित्रका लागि नक्कली कपाल लगाएकी थिइन् । तर, उनको गालामा रहेको कोठी पनि नक्कली नै हो । नम्रता कोठी राखेर हेर्दा राम्रो लागेपछि आफ्नो क्यारेक्टरमा नै त्यसलाई प्रयोग गरिएको बताउँछिन् ।

    चलचित्रमा सधै नै भिन्न भूमिका गर्न रुचाउँने नम्रताले चलचित्रको बिषयमा दैनिक नै निर्देशक दिनेश राउतसँग कुरा हुने जानकारी दिइन् । दर्शकले दिएको प्रतिक्रियामा आफू उत्साहित रहेको उनको भनाई छ । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ श्रीमान्–श्रीमतिको भूमिकामा छन् भने निश्चल बस्नेत विपिनको साथीको भूमिकामा छन् । सुवास थापाले यो चलचित्र निर्माण गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.