• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

‘प्रसाद’लाई लिएर नम्रताको मनमा उत्साह र डर


  •     / २०७५, ५ मंसिर बुधबार ०८:०१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’लाई लिएर नायिका नम्रता श्रेष्ठको मनमा डर र उत्साह दुबै छ । किनकी, चलचित्रको गीत र ट्रेलरलाई दर्शक र समिक्षकले निकै मन पराएपछि नम्रता उत्साहित पनि छिन् । तर, दर्शक र मिडियाले अपेक्षा गरेअनुसार पाएनन् भने के होला भन्ने डर पनि उनको मनमा छ ।

    यसैले पनि नम्रता हिजोआज राम्रोसँग निदाउन सकेकी छैनन् । नम्रताले भनिन्–‘म हलमा गएर बस्दा पनि चलचित्रको ट्रेलरलाई लिएर दर्शकमा उत्साह खुबै रहेको पाएँ । यसले मलाई अत्यन्त खुशी बनाएको छ । तर, मनमा डर पनि छ । दर्शकले कतै सोचे जस्तो भएन भने के होला भन्ने पनि लाग्छ ।’

    नम्रताले चलचित्रमा नायक विपिन कार्कीको श्रीमतिको भूमिकामा अभिनय गरेकी छिन् । सन्तान नभएपछि एक दम्पत्तीले भोग्ने पीडा र त्यसमा बाहिरी पुरुषको खेललाई चलचित्रले सम्वेदनशिल तरिकाले देखाएको छ । नम्रताले यो चलचित्रका लागि नक्कली कपाल लगाएकी थिइन् । तर, उनको गालामा रहेको कोठी पनि नक्कली नै हो । नम्रता कोठी राखेर हेर्दा राम्रो लागेपछि आफ्नो क्यारेक्टरमा नै त्यसलाई प्रयोग गरिएको बताउँछिन् ।

    चलचित्रमा सधै नै भिन्न भूमिका गर्न रुचाउँने नम्रताले चलचित्रको बिषयमा दैनिक नै निर्देशक दिनेश राउतसँग कुरा हुने जानकारी दिइन् । दर्शकले दिएको प्रतिक्रियामा आफू उत्साहित रहेको उनको भनाई छ । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ श्रीमान्–श्रीमतिको भूमिकामा छन् भने निश्चल बस्नेत विपिनको साथीको भूमिकामा छन् । सुवास थापाले यो चलचित्र निर्माण गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रेखाले गरिन् सुटुक्क ‘कोर्ट म्यारिज’
    गायक तथा सञ्चारकर्मी बिनाेद बिष्टकाे नयाँ गीत सार्वजनिक
    बादल थापाको ‘नुनको भारी’ सार्वजनिक (भिडियोसहित)
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.