फागुन १९ काठमाडौं । न्युजिल्यान्डका कोरे एन्डरसनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । काठमाडौंले सोमबार विज्ञप्ति निकाल्दै न्युजिल्यान्डका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका अलराउन्डर एन्डरसनलाई काठमाडौंले अनुबन्धन गरेको जनाएको छ ।
“काठमाडौंले यो सिजन ईपीएलको उपाधि जित्ने लक्ष्य लिएको छ । यो सिजनको ईपीएल चैत १ गतेबाट सुरु हुनेछ । ईपीएलमा यो सिजन क्रिस गेल, हसिम अमला जस्ता क्रिकेट खेलाडीले आफ्नो प्रदर्शन देखाउँदैछन् ।