
काठमाण्डाै – पछिल्लो समय भारतीय क्रिकेट टिमबाट टाढा रहेका पूर्वकप्तान महेन्द्रसिंह धोनीले आसन्न इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि तयारी सुरु गरेका छन । आईपीएलको तयारीका लागि चेन्नई पुगेर धोनीले टिमसँग प्रशिक्षण सुरु गरेका हुन् ।
३८ वर्षीय धोनी राष्ट्रिय टिमबाट बाहिर रहेपछि उनको क्रिकेट करिअरका बारेमा चौतर्फी आशङ्का उब्जिन थालेका छन् । यही क्रममा उनी आईपीएलमा चेन्नईका तर्फबाट कप्तानी गर्दै आफ्नो फर्मलाई फेरि देखाउने तयारीमा छन् । एकदिन अगाडि चेन्नई पुगेका धोनीले आफ्ना टिमका साथी सुरेश रैना, अम्बाती रायडु लगायतसँग प्रशिक्षण सुरु गरेका हुन् ।
