• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ओपनिङ ब्याट्सम्यान आकाशबाट झर्दैनन्: बिनोद दास [अन्तर्वार्ता]


  •     / २०७६, २१ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २१,अघिल्लो पुस्ताका क्रिकेटर बिनोद दास अहिलेसम्म क्रिकेटकै वरिपरि छन्। नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका छन्। नेपालले खेल्ने हरेक खेलमा उनको विशेष ध्यान हुन्छ। त्यसैले उनले सफलताहरु पनि बुझेका छन् र कमजोरीहरु नियालेका छन्।विभिन्न घरेलु प्रतियोगितामा फरक भूमिकामा देखिएका दासले नेपाली यु१९ टिम हुँदै राष्ट्रिय महिला टिममा प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन्।

    हिजोआज निकै ब्यस्त हुनुहुन्छ हो? खासै त्यस्तो ब्यस्त त छैन। त्यहि एभरेष्ट प्रिमियर लिग (इपिएल) १०-१२ दिनपछि सुरु हुँदैछ। क्लबको प्रि टुर्नामेन्ट क्याम्पहरु त्यहि कुरामा अलिअलि ब्यस्त छु। अब अगाडि दिनको योजनामा पनि अलिअलि ब्यस्त नै छु।

    इपिएलमा कुन भूमिकामा हुनुहुन्छ? काठमाडौं किंग्स इलाभेन टिममा डाइरेक्टर अफ क्रिकेट भएर काम गरिरहेको छु। समग्रमा भन्नु पर्दा काठमाडौं किंग्सको फ्रेन्चाइज क्रिकेट सम्बन्धि जति पनि कुराहरु छ त्यसलाई हेर्दैछु। निर्णायक भूमिकामा रहेर नै काम गरिरहेको छु।

    हाम्रो टिमको संरचना कस्तो हुन्छ? टिमले यो प्रतियोगितामा कस्तो प्रदर्शन गर्छ? समग्र पक्षलाई हेरिरहेको छु। खेलतर्फ भन्दा पनि यो पटक नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेको छु।यसपटक इपिएलमा विदेशी खेलाडीसँग चाहिँ कसरी जोडि रहेका छौँ? पहिलेको भन्दा स्टार खेलाडीहरु अनुबन्धित भइरहेका छन्। इपिएललाई अझ ठूलो बनाउने, अलिक बृहत बनाउने भन्ने आयोजकको योजना हो। यो कुरामा सबै टिम मालिकहरु सकारात्मक हुनुहुन्छ। हरेक वर्ष लिगले आकार लिनु पर्छ भन्ने नै टिम मालिकहरुको पनि कुरा थियो। त्यसलाई हेरेर चाहिँ यो पटक हामीले इपिएल खेल्न आउने खेलाडी राम्रा ल्याउँ भन्ने सोचेका हौँ। यो होइन कि पहिले आएका विदेशी खेलाडी राम्रा थिएनन्। उनीहरु पनि राम्रा थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.