सुबास बेल्बासे/फागुन२१ अर्घाखाँची ,राष्ट्रिय तहका नतिजाका अाधारहरुमा सिमित श्राेत र साधनको बिचमा पनि जिल्लाकै उत्कृष्ट नतिजा लिएर नाम कमाउन सफल अर्घाखाँचीकाे दक्षिण खाँचीकाे सिध्दारामा अवस्थित श्री जन जागृति माध्यमिक विद्यालयकाे ३५ अाैं वार्षिकोत्सबकाे अवसरमा बाेल्दै सांसद रामजी प्रसाद घिमिरेले सिध्दाराकाे जन जागृति माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेकाे बताउनु भएकाे छ ।
बुधबार धुमधामका साथ अाफ्नाे अायाेजना गरिएको जन जागृति मा.वि सिध्दाराकाे ३५ अाैँ वार्षिकोत्सकाे कार्यक्रमलाई सम्बाेधन गर्दै घिमिरेले सिध्दारा र यस विद्यालयकाे विकास कसरी गर्न सकिन्छ भन्ने चिन्ताले अाफुलाई रातदिन सताउने गरेका समेत बताउनु भएकाे छ ।
जस्ताेसुकै अवस्थामा पनि विद्यालयकाे विकासकाे लागि अाफुले सक्दाे सहयाेग गर्ने प्रतिवध्दता समेत जनाउनु भएकाे छ । कार्यक्रमकाे फरक प्रसङ्गमा विकासका लागि पहिलाे कुरा जनताहरु चाहिने तर जनताहरुकाे बसाइँसराइ दर दिन प्रतिदिन बढिरहेकोमा दु:ख व्यक्त समेत गर्नुभएकाे छ ।
विद्यालयले वार्षिकोत्सबकाे अबसरमा विद्यालयमा अध्ययन गरि हाल नेपाल सरकारकाे अधिकृत तह भन्दा माथिल्लो तहमा कार्यरत नेपाल सरकारका कर्मचारी,गत सालका एसईइ,कक्षा ११ र १२ बाट उत्कृष्ट नम्बरका साथ उत्तीर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान समेत गरेकाे छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि पुलामी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मादव पाैडेल शितगंगा १० का वडाध्यक्ष हिम्मत पाेख्रेल लगायतले अाफ्नाे मन्त्व्य राख्नु भएकाे थियाे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम के.सीकाे अध्यक्षता प्रधानाध्यापक राेमाखर बन्जाडेले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।