• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बुटवलमा नेपथ्यः माइक बन्द भयो, गीत रोकिएन


  •     / २०७५, ११ मंसिर मंगलवार प्रकाशीत

  • Advertisement

    कन्सर्ट चलिरहेको थियो, दर्शकहरु उफ्रिरहेका थिए । गीतको बोल थियो, ‘गाउँ गाउँबाट उठ’ । त्यतिबेलै दुर्इवटा मध्ये एउटा जेनरेटर अचानक बन्द भयो । माइकहरु थामिए । तर, बुटवलमा सोमबार राति नेपथ्य कन्सर्टले जगाइरहेको तीब्र संवेग अलिकता पनि प्रभावित हुन पाएन ।

    किनभने, नेपथ्यका मुख्य गायक अमृत गुरुङको आवाज नपाए पनि झण्डै दुर्इ मिनेटसम्म फुटबल मैदानमा जम्मा भएका करिब चार हजार दर्शकले एकोहोरो ‘गाउँ गाउँबाट उठ’ का शब्दहरु चर्को स्वरमा गाइरहे ।

    स्टेजमा बसेका अमृत भने तलबाट आएको गीत सुनेर हात हल्लाइ मात्र रहेका थिए ।

    दुर्इ मिनेटमै बत्ती आयो र फेरि पूर्ववत् कार्यक्रम अघि बढ्यो ।

    ‘सुरुमा अँत्यास लागेको थियो,’ गायक अमृत भन्छन्, ‘तर, अन्त्यमा भने नेपथ्य र दर्शक बीचको सामिप्यले प्रविधिलाई पनि जितेको महशुस भयो ।’

    यसरी बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा आयोजित नेपथ्य कन्सर्ट फरक अनुभवका साथ सोमबार सम्पन्न भएको छ ।

    देशब्यापी यात्रामा निस्केको नेपथ्यले तेश्रो प्रस्तुती यहाँ आयोजना गरेको थियो ।

    ‘हाम्रो कास्की जिल्लाले तपाइहरुको बुटवललाई परम्परादेखि बटौली बजार भनेर चिन्दै आएको छ,’ गुरुङले कार्यक्रमको सुरुवातमै उल्लेख गरेका थिए, ‘यो सहर कुनै समय हामीले नुनको ब्यापार गर्ने बाटो थियो । पहाडबाट नुन बोकेर आएका भरियाहरुले यस सहरमा भारी बेचेपछि माथि डाँडामा रहेका उनको परिवार र आफन्तका लागि किनमेल गरेर फर्कन्थे ।’

    तिनै भरिया, नुनको बाटो र यो पुरानो बजारमा समर्पित हुँदै अमृतले नेपथ्य गीत गुन्गुनाए–

    ‘यानीमाया बटौलीको बजारैमा यानीमाया

    यानीमाया चुरौटाको दोकान यानीमाया

    यानीमाया कति किन्नु चुरा र धागो यानीमाया’

    ‘चुरा र धागो किन्ने त्यतिबेलाको सानो बटौली बजार आजको यस्तो विस्तारित बुटवल बन्न पुगेको छ,’ अमृतले थपे, ‘यो सहर झनै फले–फूलेको हेर्न पाउँ ।’

    कार्यक्रम अघि बढ्दै गयो, दर्शकहरु पनि थपिँदै गए ।

    त्यसै क्रममा अमृतले यात्रामै आधारित नेपथ्यको अर्को गीत ‘सालैजो’ सुनाए ।

    यो गीतको उत्पत्ति बुटवलकै उत्तरी भेगमा पर्ने पहाडी क्षेत्रबाट भएको जानकारी पनि उनले दिए ।

    ‘लेकैको कुहिरो अउलै झर्योे, आहै सालैजो, लाग्यो कुहिरो दिनभरि,’ यस्ता लाइनहरुले भरिएको गीत सुनाइसकेपछि अमृतले जानकारी दिए, ‘तपाइँहरुकै मास्तिर पर्ने गुल्मी जिल्लामा ट्रेकिङ गएको बेला यो गीत लेखेको थिएँ।’

    मैदानमा भरिएका चारहजार दर्शक भीँडमा एन्फाले तालिम दिँदैगरेका फूटबल क्षेत्रकै भावी कर्णधारहरुको उपस्थिती थियो।

    अमृतले भने, ‘तपाइँहरु सबैको योगदान यस राष्ट्रका निम्ति भविष्यमा मूल्यवान हुने विश्वास लिएको छु ।’

    त्यतिबेला दर्शकहरुले चर्को आवाजका साथ अमृतका भनाइको स्वागत गरेका थिए ।

    घडीले ठीक पाँच बजेर पैतालिस मिनेट देखाउँदा सुरुभएको कार्यक्रम दुई घन्टासम्म निरन्तर चलेको थियो ।

    बुटवलमा नेपथ्यले यसअघि पनि आफूलाई पटक पटक प्रस्तुत गर्दैआएको छ । त्यसमा पनि विशेष गरेर द्वन्द्व र संक्रमण कालमा बारंबार नेपथ्य यहाँ गुञ्जियो । त्यो समयमा सुरक्षाकै कारण दिउँसो मात्र कन्सर्ट गर्न पाइन्थ्यो ।

    यसपाला भने झण्डै दुई वर्षको अन्तरालपछि साँझको परिवेशलाई झिलिमिलि पारेर बुटवलवासीको साँगीतिक तृष्णा मेट्न नेपथ्य सफल भएको थियो ।

    कार्यक्रममा ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाइएको थियो । धौलागिरी अथवा यस गीतले भन्ने धौलासिरि आसपासका वासिन्दाहरु ओहोर दोहोर गर्ने गौंडा बुटवलले यो नयाँ गीतलाई जोडदार स्वागत गरेको थियो ।

    त्यसपछि कार्यक्रमले फेरि ‘चरि म¥यो’, ‘जोमसोमे बजार’देखि अर्को नयाँ ‘कोशीको पानी यो जिन्दगानी’ जस्ता गीतहरुको श्रृंखलामा प्रवेश गरेको थियो ।

    रातको अँध्यारो जसै बढिरहेको थियो, मञ्चको चमक उत्तिकै तीब्र हुनथालेको थियो । त्यसमा राजधानीदेखि पुगेका प्राविधिकहरुले तयार पारेको मञ्च र प्रकाश व्यवस्थाको मात्र नभइ नेपथ्यले उचालेको दर्शकको उत्तेजना र उन्मादले उत्तिकै पाइन थपेको देखिन्थ्यो ।

    दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरुको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन । पछिल्ला गीतहरुले मैदानको तापक्रम झनै उच्च विन्दुमा पु¥याएको थियो ।

    अन्तिममा ‘रातो र चन्द्रसूर्य’ सुनाउँदा फेरि दर्शकदीर्घाबाट अपार साथ पाएर यो यसका शब्दहरु श्रोताको ओँठबाट निस्किरहेको देखिन्थ्यो ।

    अघिल्लोपटक जस्तै यसपाला पनि बुटवलस्थित ‘यस नेपाल’ले कन्सर्ट आयोजना गरेको थियो ।

    बुटवलको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली अब आगामी प्रस्तुतीको निम्ति धनगढीतर्फ जानेभएको छ ।

    धनगढीको कार्यक्रम मंसिर १३ गते सम्पन्न हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.