फागुन २५,२०७६ एजेन्सी चलचित्र ‘बाघी–३’को व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन घटेको छ। पहिलो दिन शुक्रबार १७.५० करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १६.०३ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्। चलचित्रले दुई दिनमा ३३.५३ कराेडकाे व्यापार गरेकाे छ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण मानिसहरु भीडभाडमा निस्कन समेत छाडेका छन्।चलचित्रको व्यापारमा पनि त्यसैको असर देखिएको विश्लेषण गरिएको छ।