चैत ४, २०७६ मोडल तथा अभिनेत्रीको परिचय बनाएकी आँचलले चितवनका उदिप श्रेष्ठसँग लगन गाठो कसेकी हुन्। अभिनय क्षेत्रमा लामो समय अभिनेता पल साहसँग सम्बन्धमा रहको चर्चा परिचर्चा चलेपनि उनले अन्ततः मनोरञ्जन क्षेत्रभन्दा बाहिरको श्रीमान रोजिन्।यसअघि पलसँग उनी सम्बन्धमा थिइन् कि थिइनन् भन्ने विषय भने यतिकै टुंगिएको छ। तथापि सामाजिक सञ्जालमा पलले पछ्याउन छोडे आँचललाई भन्ने समाचार तथा गसिपले नेपाली मनोरञ्जन बजारमा राम्रै स्थान पायो।
अधिकांशले आँचलसँग प्रश्न पनि गरेका छन्- यस्ता गतिविधिबाट नेपाली समाजले के सिक्ने?आँचलबारे गसिपको स्थान यतिमा मात्र सीमित भएन। यतिबेला उनी आफ्नो विवाह भोजमा आफैँले लगाएको पहिरन र गरगहनाबाट गसिपमा तानिएकी छन्।विशेषतः विवाह भोजमा पुग्न पनि आँचल र उदिपको जोडीले हेलिकोप्टरको माध्यम रोजेका थियो। सँगै उनले लगाएको १६ केजीको लेहेँगा अनि १६ लाख मूल्य पनि कम चर्चामा रहेन।