• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

तीन नायिकाको भड्किलो बिहेमाथि समाजशास्त्रीय बहस


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    ५ चैत, काठमाडौं  तीन महिनाजतिको अन्तरालमा नेपाली चलचित्रका तीन चर्चित नायिकाहरु वैवाहिक जीवनमा बाँधिए । नायिका ऋचा शर्माको गत मंसिर २१ गते र प्रियंका कार्कीको गत फागुन १५ गते विवाह भएको हो भने आँचल शर्माको विवाह गत बिहीबार ।विवाह कुनै पनि व्यक्तिको निजी विषय हो । तर, सेलिब्रिटीहरुको विवाहमा चाहिँ आममानिसको चासो हुने भएकाले समाचारको विषय बन्छ । कतिपय सेलिबि्रटीहरुले मिडियाबाट लुकाएर गोप्य र सानो जमघटमा बिहे गर्छन् । कोही चाहिँ ठूलै तुजुक देखाएर मिडियामा छाउन खोज्छन् ।

    अहिले बिहे गरेका तीन नायिकाहरुले दोस्रो शैली पछ्याए । उनीहरुबीच एक हिसाबले भड्किलो विवाहको प्रतिस्पर्धा नै भयो र कोभन्दा को कमको शैलीमा उत्रिए ।विवाह कसरी गर्ने भन्ने कुनै सर्वमान्य सिद्दान्त हुँदैन । देश र भेषअनुसार यसका आ-आफ्ना रिति-थिति हुन्छन् । नेपालीहरुको पनि आफ्नो संस्कार र परम्परा छ । नेपालभित्रै पनि जात र भुगोलका आधारमा भिन्न प्रचलनहरु विद्यमान छन् । कतिले यही प्रचलनलाई संक्षेपिकरण गरेर केही मिनेटमै विवाह सिध्याउँछन् । कतिले यसैलाई लम्ब्याएर महिनौंसम्म उत्सव मनाउँछन् । कस्तो विवाह गर्ने भन्ने कुरा व्यक्तिको सोच र आर्थिक हैसियतले निर्धारण गर्छ । खर्चिलो विवाह वा गर्ने-नगर्ने नितान्त व्यक्तिगत छनोट र स्वतन्त्रताको कुरा हो ।

    नायिका आँचल शर्माको लेहेंगाको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनले आफ्नो विवाहपछिको पार्टीमा लगाएको लेहेंगा १६ लाख रुपैयाँमा डिजाइन गरेको बताएकी छिन् । होला । यसको वजन १६ किलोको थियो रे ! होला । बिहे पार्टीमा ६० लाखको हिराको गहना लगाएको समाचारमा आएको छ । त्यो पनि होला ।तर, यति धेरै गहना र गह्रुंगो लेहेंगा लगाएर उनले के सावित् गर्न खोजेकी हुन् त ? आफ्नो आर्थिक हैसियत कि श्रीमानको ? कि फगत चर्चाको लोभ ?आँचलले १६ हजारको साडी लगाएको भए पनि सम्भवतः उत्तिकै सुन्दर देखिने थिइन् । बाँकी १५ लाख ८४ हजार रुपैयाँ कुनै सत्कर्मका लागि योगदान दिएको भए समाजमा उनको सकारात्मक चर्चा हुन सक्थ्यो । अनावश्यक आडम्बर देखाएको भनेर टीकाटिप्पणी हुने थिएन ।खैर, यो पनि उनको व्यक्तिगत च्वाइसको कुरा भयो । हेलिकोप्टरमा चढेर पार्टीस्थलमा पुग्नु पनि व्यक्तिगत रहरको कुरा नै भयो । गहना र लेहेंगामा ७६ लाख खर्च गरेको बताउने आँचलले बिहेमा कति खर्च गरिन् भन्ने हिसाब गर्नतिर पनि नलागौं ।बरु अलि गम्भीर मुद्दातर्फ जाउँ ।

    विवाह अगाडि मेहेन्दी समारोह र संगीत समारोहको संस्कार सतप्रतिशत भारतीय हो । भारतीय टीभी च्यानले र फिल्मको प्रभावले गर्दा यी प्रचलन नेपाली समाजमा तीव्र प्रसार भइरहेका छन् । मेहन्दी समारोह त शहरमा अनिवार्य जस्तै भइसक्यो । संगीत समारोह चाहिँ त्यति प्रचलनमा आइसकेको छैन । अब नायिकाहरुले सुरु गरेपछि त्यसको सिको त अरुले गर्ने नै छन् ।विदेशी सस्कृति सुरुमा सहरी क्षेत्रका सम्भ्रान्तहरुबाट प्रवेश हुन्छ अनि विस्तारै मध्यमवर्ग भएर गाउँसम्म पुग्छ । सेलिबि्रटीहरु प्रयोग हुँदा त यो झन् फास्ट ट्र्याकमा फैलिन्छ । यो एउटा बजार र व्यापारसँग जोडिएको विषय पनि हो । किनकि संस्कृतिसँगै त्यसका लागि आवश्यक वस्तुहरुको आयात र खरिद गर्नुपर्ने हुन्छ । जस्तो कि, आँचल शर्माले लगाएको लहेंगा भारतीय पहिरन हो र उनले यो भारतमै डिजाइन गराएकी हुन् । अर्थात् उनको एउटा वस्त्रका लागि १६ लाख रुपैयाँ नेपाली पैसा विदेशिएको छ ।तपाईंले प्रियंका र आयुष्मान देशराजको विवाहका तस्वीरहरु हेर्नुभएको होला ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई

    • २. पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश

    • ३. यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान

    • ४. शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात

    • ५. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.