• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पारस (आबुधाबी) विरुद्ध सन्दीप (कर्नाटक) भिड्दै


  •     / २०७६, ६ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपालका दुई स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने सम्मिलित टोली एक अर्काविरुद्ध भिड्दै छन् ।

     

    लेग स्पिनर सन्दीप कर्नाटक टस्कर्स र पुर्व कप्तान पारस टिम आबुधाबीमा सम्मिलित छन् । टिम आबुधाबी र कर्नाटकबीचको खेल राती ९ः४५ पछि शेख जायद स्टेडियममा सुरुहुने छ ।  दुवै खेलमा ब्याटिङतर्फ अन्त्यमा मौका पाएका पारस दुवैमा नट आउट रहे । कलन्दर्सविरुद्ध ३ र नर्थन वारियर्सविरुद्ध १ रनमा अविजित रहेका थिए । पहिलो खेल कलन्दर्ससँग टाई हुँदा आबुधावीले नर्थनलाई ६ विकेटले हराएको थियो ।

    पारस तीनै खेलमा बेन्चमा बस्दा टिम आबु धाबीले २ मा हार र १ रद्ध भएको छ । मराठा अरिवियन्सँग २४, बंगला टाइगर्ससाग २७ र डेस्कन ग्याडियटर्सविरुद्ध वर्षाको कारण रद्ध भएको थियो । अघिल्लो चरणको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । जितसँग नेट रन रेटमा पनि निर्भर रहने छ ।

    कर्नाटकका लेग स्पिनर सन्दीपको कमजोरी बारे पारसलाई राम्रोसँग थाहा छ । पारसले सन्दीपलाई पछिल्लो तीन वर्षमा सिनियर टोलीबाट नियमित रेखदेख र नेतृत्व गर्दै आएका छन् । त्यसैले आजको खेलमा टिम आबुधाबीले मध्यक्रममा पारसलाई उतार्नसक्ने संभावना रहन्छ ।

    यता सन्दीपको लागि प्लेइङ ११ नौलो कुरा छैन । प्लेइङ ११ निश्चित जस्तै हुँदा प्रर्दशन कस्तो रहन्छ भन्ने चाखको विषय हो । विहीबार सन्दीपले कलन्दर्ससँग २ ओभरमा ३० रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका थिए । सन्दीपले विकेट लिएपनि पछिल्ला खेलमा महँगो सावित हुँदै आएका छन् । आजको खेलमा सन्दीपले आफ्नो रनलाई रोक्न खोज्ने छन् ।

     

    सन्दीपको टोली आजको खेलमा विजयी भए ६ खेलमा ५ अंकमात्र हुँदा शीर्ष चारमा अट्ने छैन । यता सन्दीपको टोली पछिल्ला ४ खेल मध्य ३ मा पराजित भएको छ । कर्नाटक ५ खेलमा १ मा जित ३ मा हार सहित पुछारमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । विहीबार कर्नाटक कलन्दर्ससँग ३२ रनले पराजित भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई
    पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश
    शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.