• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सर्वाधिक कप्तानी गर्ने ५ खेलाडी


  •     / २०७७, २४ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    बैशाख २४   एजेन्सी – कुनै पनि टोलीमा राम्रो क्षमता भएका खेलाडी भएर मात्र च्याम्पियन र सफल हुन सक्दैन । ती खेलाडी प्रयोग गर्न सक्ने उत्कृष्ट गुण र क्षमता भएको कप्तान पनि हुनुपर्छ । सफल कप्तान हुनका लागि उत्कृष्ट खेलाडी नै हुनुपर्छ भन्ने हुँदैन । नेतृत्वदाई क्षमता र आफूसँग उपलब्ध खेलाडीलाई प्रयोग गर्न सक्ने क्षमता हुनुपर्छ । टोलीको हारमा पहिला आलोचना कप्तानको हुने गर्दछ । टोलीको जित र हारमा कप्तानको रणनिती निकै महत्वपूर्ण हुन्छ । कप्तानको निर्णयकै कारण हार नजिक पुगेको खेलमा जित र जित नजिक पुगेको खेलमा हार हुन सक्छ ।

    हरेक ४ वर्षमा ओडीआई क्रिकेटको विश्वकप हुने गर्दछ । उक्त विश्वकप जित्ने धेरै कप्तानको सपना हुन्छ । तर उक्त सपना कमै कप्तानको पूरा हुन्छ । जब टोलीले राम्रो नतिजा ल्याउँछ भने कप्तानको आलोचना हुँदैन र टोलीको नेतृत्वमा उसको विकल्प खोजिदैन । तर खराब नतिजा आउँछ भने उक्त कप्तानको विकल्प खोज्ने गर्दछन् । त्यस्तै ओडीआई क्रिकेट इतिहासमा सर्वाधिक कप्तानी गर्ने ५ सफल खेलाडीहरु यस प्रकार छन् ।

    ५. एलन बोर्डर (अष्ट्रेलिया १९८५–१९९४): अष्ट्रेलियाका पूर्व अलराउन्डर एलन बोर्डर एकदिवसियमा सफल कप्तान मध्यका एक हुन् । उनले सन् १९८५ देखि १९९४ सम्म अष्ट्रेलियाको १ सय ७८ ओडिआई खेलमा कप्तानी गरेका थिए । जसमध्य १ सय ७ खेलमा जित निकाल्दा ६७ खेलमा हार बेहोर्नु परेको थियो । १ खेल टाई (बराबर) हुँदा ३ तीन खेलको नतिजा विहीन भएको थियो । उनले आफ्नो कप्तानीमा सन् १९८७ को एक दिवसिय विश्वकप जिताएका थिए । उक्त विश्वकपको फाइनलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७ रनले हराउँदै च्याम्पियन बनेको थियो ।

    ४. अर्जुना रणातुंगा (श्रीलंका, १९८८–१९९९):-अर्जुना रणातुंगा श्रीलंकालाई पहिलो एकदिवसिय विश्वकप उपाधि जिताउने कप्तान् हुन् । उनले आफ्नो कप्तानीमा सन् १९९६ को एकदिवसिय विश्वकप जिताएका थिए । जुन एक दिवसिय विश्वकप श्रीलंकाको पहिलो र एक्लो ओडीआई विश्वकप उपाधि रहँदै आएको छ । उक्त विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको थियो ।अर्जुनाले श्रीलंकाको एक दिवसिय कप्तानी सन् १९८८ देखि १९९९ सम्म गरेका थिए । उनले १ सय ९३ एक दिवसिय खेलमा कप्तानी गर्दा ८९ खेलमा जित र ९५ खेल हारे बेहोर्नुपरेको थियो । जसमा १ खेल टाई हुँदा ८ खेल नतिजाविहीन रह्यो ।

    ३. महेन्द्र सिंह धोनी (भारत, २००७–२०१८):-भारतीय क्रिकेट टोलीका विकेटकिपर महेन्द्र सिंह धोनी सर्वाधिक सफल कप्तान मध्यका एक हुन् । धोनीले सन् २००७ देखि २०१८ सम्म भारतीय ओडीआई टोलीको कप्तानी गरेका थिए । धोनीले २ सय ओडिआई खेलमा कप्तानी गर्दा कुल १ सय १० खेल जिताए । ७४ खेलमा धोनीको कप्तानीमा भारत पराजित भएको थियो । ५ खेल टाई हुँदा ११ खेल नतिजा विहीन रह्यो ।धोनीले आफ्नो कप्तानीमा भारतलाई सन् २०११ को विश्वकप फाइनलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दोस्रो पटक एकदिवसिय विश्वकप उपाधि जिताएका थिए । धोनी आइसिसीको तीनै प्रतियोगिता (ओडिआई, टि२० र च्याम्पियनसिप ट्रफी) को उपाधि दिलाउने एक्लो कप्तान हुन् । धोनीले सन् २००७ मा टि२० विश्वकप र च्याम्पियनसि ट्रफी सन् २०१३ मा जिताएका थिए ।

    २. स्टिफन फ्लेमिंग (न्युजिल्यान्ड,१९९७–२००७):न्युजिल्यान्डका ब्याट्सम्यान स्टिफन फ्लेमिंग ओडीआई क्रिकेटमा सर्वाधिक धेरै कप्तानी गर्ने कप्तानमा दोस्रो नम्बरमा पर्दछन् । न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान र ब्याट्सम्यान स्टिफनले सन् १९९७ देखि २००७ सम्म ओडीआईमा कप्तानी समालेका थिए । उनले २ सय १८ ओडिआई खेलमा कप्तानी गर्दा ९८ खेलमा जित र १ सय ६ खेलमा हार बेहोरेका थिए । जसमा १ खेल बराबर हुँदा १३ खेल नतिजाविहिन बनेको थियो ।

    १. रिकी पोन्टिङ (अष्ट्रेलिया, २००२–२०१२):-अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान रिकी पोन्टिङ ओडिआई क्रिकेट इतिहासमा सर्वाधिक सफल र धेरै खेलमा कप्तानी गर्ने कप्तान पर्दछन् । पोन्टिङले आफ्नो कप्तानीमा अष्ट्रेलियालाई सन् २००३ र २००७ मा लगातार एकदिवसिय विश्वकपको उपाधि जिताएका थिए । आफ्नो जमानाका उत्कृष्ट ब्याट्सम्यान मानिने पोन्टिङले कप्तानी मात्र नभएर ब्याट्सम्यानका रुपमा पनि सफल भूमिका निर्वाह गरे ।पोन्टिङले सन् २००२ देखि २०१२ सम्म अष्ट्रेलियाको ओडिआई टोलीको कप्तानी गरेका थिए । उनले कुल २ सय ३० खेलमा कप्तानी गर्दा कुल १ सय ६५ खेलमा जित दिलाए । ५१ खेलमा पराजित हुँदा २ खेलमा टाई र १२ खेल नतिजा विहीन बनेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.