• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रुकुम पश्चिम घटनाको विरोधमा परासीमा कोणसभा


  •    सुचना डबली डेस्क / २०७७, १५ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    परासी, जेठ १५ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको विरोधमा परासीमा कोणसभा गरिनुको साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।

    जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल दलित मुक्ति संगठन पश्चिम नवलपरासी र नेपाल दलित संघ पश्चिम नवलरासीले जोडदार माग गरेका हुन् ।

    संविधानसभा सदस्य दुलारी हरिजनले कोणसभालाई सम्बोधन गर्दै पाँच जना होनहार युवाको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको उक्त घटनामा कतिपयलाई कुटपिटसमेत गरिएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्न माग गर्नुभयो ।

    दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको भन्दै नेपाल दलित मुक्ति संगठनका नेता विर बहादुर विकले रुकुम पश्चिममा भएको दुर्दान्त घटनाका दोषीहरूमथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने बताउनुभयो ।

    दलित अगुवा एव सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारले उक्त घटनाका दोषिलाई कारवाही नगरीए आन्दोलन देशव्यापी चर्काउने चेतावनी दिनुभयो । रुकुम पश्चिम घटनाका सन्दर्भमा यथासक्य अनुसन्धान प्रक्रिया अघि बढाई पीडितको सुरक्षा र न्याय तथा दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न नेपाल दलित संघका जिल्ला अध्यक्ष मोहन विकले माग गर्नुभयो । उहाँले यस घटनाको भत्र्सना गर्दै जातीय छुवाछुत विरुद्ध सवै दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष गणेश विश्वकर्माले उक्त घटनाको निन्दा गर्दै आगामी दिनमा समाजमा यस्ता घटना दोहोरिन नदिन निर्मम तरिकाले कानूनको कार्यान्वयन गराई नेपालको संविधान र मानवअधिकारको पुर्ण ग्यारेण्टी गर्न माग गर्नुभयो । उक्त अवसरमा सुनवल–५ का वडाध्यक्ष थमनसिंह नेपाली, बर्दघाटका वडाध्यक्ष मोतिलाल सुनार, रामग्रामका वडा सदस्य तारा नेपाली लगायत दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

    जाजरकोट भेरीगङ्गा नगरपालिका वडा नं। ४ रानागाउँका महनलाल विश्वकर्माका छोरा वर्ष २१ का नवराज विश्वकर्मा र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं। ८ का वीरबहादुर मल्लकी छोरी वर्ष २० कि सुष्मा मल्लबीच भएको अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर चौरजहारी नगरपालिका ८ सोतीमा हत्या, बेपत्ता र कुटपिट काण्ड भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.