• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

यसरी गर्न सकिन्छ शिक्षामा आमूल परिवर्तन


  •    केशर मल्ल / २०७७, २८ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

     कपिलवस्तु,जेठ २८  आजको हाम्रो शिक्षाले कामदार जन्मायो तर मालीक जन्माउन सकेन । आत्मनिर्भरता सिकाउन सकेन तर परनिर्भरतामा कोसौ फड्को मारेको छ । शिक्षा दिदै गर्दा ,महान विद्वान् होईन ,माग्ने मनुष्य जन्माएको छ ! सबैभन्दा ठुलो भ्रम र समस्या आज हाम्रो शिक्षा प्रणालीमा छ । हातमा डिग्रीको सर्टिफिकेट छ तर सीपको लेखाजोखा छैन ,सीप छ तर कागजको सर्टिफिकेटको खोजी गरिन्छ । के यी समस्या शिक्षाले उब्जाएका होइनन ? जुन आधुनिक र प्राविधिक शिक्षा आज हामिलाई चाहिएको छ ,त्यस् किसिमको शिक्षा पाउन सकिरहेका छैनौं तर जुन शिक्षा हामीले पाइरहेका छौ, त्यो आवश्यकता होईन ।अनि शिक्षामा जस्तो विकासको मेरुदण्डमा नै माग र परिपुर्तिको अन्तर आकाश-पातल भए पछि ,समृद्ध र खुशीको सपना कसरी पूरा हुन सक्छ ? बुझ्ने दायित्व कसको हो ?बुझ्ने कहिले हो ? हामि केहि गर्न सक्दैनौ त .अब शिक्षामा हस्तान्तरण पनि रुपान्तरण पनि चाहिएको छ । विद्यालयहरू ज्ञानको झरना हुन,जहाँ केहि विद्यार्थीहरु आफ्नो तिर्खा मेट्न,केही ,दुईथोपा पिउन केहि कुल्ला गर्न मात्रै आउछन् । तर घर भनेको हरेक बालबालिकाको ज्ञानको महासागर हो जहाँ सधैं एकै किसिमको आवश्यकता पुरा गर्न सकिन्छ । हामी गलत विस्वासबाट मुक्त सकेमा मात्सर बैभन्दा ठुलो शिक्षा प्राप्त गर्न सक्छौ ।

    सधैं विद्यालय ,क्याम्पस ,विस्वबिध्यालयको कुल्ला गर्न लायकको शिक्षा लिएर मात्र हामी महान हुन्छौ,सफल बन्न सक्छौ , शिक्षित हुनसक्छौ भन्ने भ्रम त्यागौ । स्कुलको शिक्षालाई मात्र प्राथमिकता हाम्रो र हाम्रो सन्तानको प्रगति हुन्छ भन्ने साघुरो सोच त्यागौ । हजारौं उदाहरण छ्न,जो आज विद्यालयको शिक्षा नै प्राप्त नगरी सन्सार हाकिरहेका छ्न महान बैज्ञानिक ,ब्यापारी ,लिडर , शेयर होल्डर ,विद्वान इत्यादि । शिक्षा लिने दिने तरिका परिवर्तन जरुरत छ। स्कुल र क्याम्पस बाट नै पुर्ण शिक्षा पाउछौ भन्ने आम धारणा छ ।के हामीले लिएको दुई दसकको शिक्षाको परिणाम हामी पुर्ण जीवन बिताइरहेका छौं ? आम नेपालीमा शिक्षा जिवनमा आउने समस्याको समाधानको हतियार भएको छैन कि उल्टो समस्याको मुल जरा भएको छ ।आजको शिक्षाको हस्तान्तरण र रुपान्तरणको हविगत दुरुस्तै समस्या बनेको छ । समस्याको खाल्डो पुर्न गाह्रो त होला तर असम्भव छैन।यसको लागि दर्हो जिम्मेवार र दुरदर्शिताको विद्वान नेतृत्व चाहिन्छ । हाम्रा शिक्षक ,शिक्षालय कस्ता छ्न ,कहिले देख्नुभएको छ? शिक्षा प्रणाली पत्याउन लायेकको छैन तर पत्यार लाग्दो छ ।आशा लाग्दो छैन ,निराश पुर्ण छ।यस्तो किसिमको सिकाई प्रणाली बाट हामी बालबालिकालाई रहर नभएर बाध्यता बस पढाउन विबस छौ। गुणस्तरीय शिक्षाका नाममा ठगीको एक नम्बर ब्यापार बनेको छ ।

    सन्सार भरि शिक्षा नि:शुल्क हुन लागी सक्दा पनि हाम्रो देशमा नि:शुल्कको नाममा सबैभन्दा महँगो पढाई छ।शुल्क जति नै भए पनि पढाईको तरिका १९औ सताब्दिकोजस्तो छ,नत ब्यवहारिक छ,न त ब्यवस्थापन छ,न त विश्व संग प्रतिस्पर्धात्मक नै छ ।छ त केवल ,दिन रात चलाउने ,पैसा कमाउने किसिमको छ। कसरी २१औ सताब्दिको गन्तव्यमा पुग्न सक्छौ ,यस्तो कछुवाको गतिले ? नेपालको हालको समस्या यहीँ हो: शिक्षा बिना समृद्धको सपना पनि देख्न सकिदैन ।नेपालमा भने जो शिक्षित छैनन् उनिहरुनै शिक्षा मन्त्री ,देश चलाउने नेतृत्व गरिरहेका छन छन। रातमा सपना देख्छ्न अनि जनतालाई सपना बाढीरहेका छ्न ।परिणाम अर्बौं बजेट बालुवामा पानी हालेझै भएको छ । आजका विद्यालयको पठनपाठनको प्रणालीको नेतृत्व कुनै विद्वानको हातमा नपरेसम्म ,स्कुल जानु ,क्याम्पस जानू समयको बर्बादी सरह देखिन्छ । सबैभन्दा लथालिङ्ग ,भताभुङ स्वास्थ प्रणाली पछिको शिक्षामा देखिएको छ ।

    सरकारी अनुदान प्राप्त स्कुल ,कलेजहरु हातमा गन्न सकिने बाहेक कामचलाउ,जागिर पकाउका छ्न ।गाउघरका विद्यालयहरु भेडाबाख्रा राख्ने गोठ जस्ता छन। काठमाडौमा बसेर कालिकोटको तस्बिर हेरेर ,बोलेर मात्र केहि हुँदैन । प्राइभेट स्कुल ,कलेज हरु पनि बाहिर रंगिन चित्र देखाएर खोक्रो र खोस्टो पठनपाठनको ब्यापारमा चम्किएका छ्न । वास्तविक रूपमा हाम्रो बौद्धिक क्षमताको वृद्धिमा ध्यान दिइरहेका छैनन् कि ,कसरी हुन्छ शुल्क वृद्धि गरेर लुत्न लागि परेका छ्न। विभिन्न संघ , संगठन ,समितिहरु छ्न तर सबैको बुद्धि हरेक महिना पैसा कसरी लिने र लुट्ने भन्नेमा खर्चिएको छ । सरकार र सरकारि स्कुल -कलेजको कुरा त अस्ताउदो घाम जस्तै छ्न । हामिले न त शिक्षा दिन सकिरहेका छौ नत लिन सकिरहेका छौं । यो गतिविधिबाट मुक्त भएपछि मात्र शिक्षाको ज्योतिको सुर्य उदाउन सक्छ। आज हामी अभिभावकको समस्या एउटा छ। बालबालिकाले पढ्न पाएनन । छोराछोरी बिग्रन लागे भन्ने चिन्ता छ तर चिन्तन भने केहि छैन ? चिन्ताले हरबखत कहिले स्कुल ,कलेज खोल्छ्न होला ? पढेर कहिले पास होलान् र कहिले जागीर खालान भन्नेमा छ ? हामीले जागीरको पछाडी आँखा चिम्लेर विस्वास गरेका कारण देशमा बेरोजगारी बढेको हो । रोजगारी खोज्ने मात्र होईन अब ,रोजगार सिर्जना गर्नु पर्छ भन्ने मानसिकता पैदा गर्ने समाजको अपरिहार्य छ।

    बालबालिकाको पहिलो पाठसाला भनेकै घर हो र गुरु भनेकै आमाबाबु हुन। हामी अभिभावकले यो बुझ्न् सकेका छैनौ कि आजसम्म ,हामीले पढाएको समयसम्म स्कुल कलेजको पढाई बाट भविस्य कतै बिग्रदैन ? कहिले हामीले स्कुलको शिक्षा प्रणाली ,शिक्षकको योग्यता , बालबालिकाको बौद्धिक दक्षतामा ध्यान दिएका छौँ ? हामीले कहिले पनि बालबालिकाको सहि मुल्यांकन गर्न सकिरहेका छैनौ । हामी ढुक्क यो कुरामा छौ की,छोराछोरी पढ्न गएकै,छ्न,पढेलेखेकै छन ,पैसा तिरेकै छौ ,स्कुलको बनावट राम्रै छ । जुन आज सम्मकै ठुलो गल्ती हो हाम्रो् किनकि हामीले हाम्रा बालबालिकालाई घरमा पनि राम्रोसंग हेरविचार गर्नु पर्ने हुन्छ । गरेका छौ त ? स्कुल र कलेजको किताबले मात्र जिन्दगी र भविस्यको निर्धारण र हिसाबकिताब हुन सक्दैन । समाज रुपान्तरण हुँदैन भन्ने कुरा बुझौं ।सबैको चुनौती र चिन्ताको विषय कति पढे भन्ने हुनुहुदैन,कति सिके-बुझे भन्नेमा हुनुपर्छ । सिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.