
प्यूठान, साउन १८ । प्यूठान नगरपालिका वडा नम्वर ८ स्थित कुटी छहरा जाने मोटर बाटो निर्माण गरिएको छ ।
वडा नम्वरं ८ स्थित रानीकाम्लाका स्थानीयहरुको जन श्रमदानबाट बाटो निर्माण गरिएको स्थानीय एवं प्यूठान वाख्रापालन संघका अध्ययक्ष राम बहादुर एम.सीले जानकारी दिए । लगडाउनको समय सदुपयोग गर्दै करीव २ सय ५० जनाको श्रमदानमा सुर्यनगर देखि कुटी छहरासम्म २ किलो मिटर मोटर बाटो निर्माण गरीएको हो, उनले भने, –“कुटि छहरा जानको निम्ती सहज थिएन पैदल यात्रामा पनि कठिन हुने भएकोले स्थानीयको श्रमदानमा बाटो खन्ने कार्य गरिएको हो” । पर्यटकीय क्षेत्र कुटि छहरा ओजेलमा पर्दा स्थानीय सरकार प्रचार प्रसारमा र विकास गर्न तर्फ मौन देखीएकोले यस ठाउँमा स्थानिय आफै सकृय भएर बाटो निर्माण सम्पन्न गरेको उनको भनाई छ ।
स्थानीयको सकृयतामा निर्माण मोटरबाटो उद्घाटनमा ८ नम्वर वडाका सचिव मोटर साइकलमै कुटि छहरामा पुगेका थिए ।
वडा नं ८ को मुख्य पर्यटकिय क्षेत्र कुटि छहरा भएकोले कुटि छहरा विकास गरी पर्यटन प्रवर्द्धनमा वडाले पहल गर्ने प्यूठान नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष लिलाप सिँह केसीले बताए । खप्रेङखोलादेखि रानीकाम्ला सम्म मोटरबाटो जोडी सकेका छौँ, उनले भने –“अव कुटि छहराका सम्मका लागि आगामी दिनमा बजेट छुट्टयाई पर्यटन प्रवर्द्धनमा लाग्नेछौँ” ।