
दाङ, साउन १९ । दाङमा बारीको मकै बदेल लगाएतका जंगली जनावारले खाईदिने तथा नष्ट गरिदिने समस्याको समाधानको लागि मकै जोगाउन आफ्नो बावुले थापेको पासोमा परि २ वालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १ हर्नक वस्ने ३५ वर्षीय दिलबहादुर राउतले थापेको विद्युतिय (करेन्ट) पासोमा परि उनका छोरा १४ वर्षीय विरवल राउत र १० वर्षीय तेजबहादुर राउतको मृत्यु भएको हो ।
जनैपूर्णीमाको दिन शुभसाईत पारी मकैवारीमा मकै चडाउन गएको वेला दिलबहादुरका छोराहरूको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङलाई उद्रीत गर्दै दाङका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
छोराहरुलाई करेन्ट लागेपछि कराएको र बुबा पनि त्यहाँ जादा उनलाई पनि करेन्ट लागेको थियो । घाइते बुबा दिवबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।