लमजुङ, साउन २२ । लमजुङ–मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक बाढीले बगाएको छ ।
बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले विहिवार विहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले करिब १५र२० मिटरसडक बगाएकोे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए । उनका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप पनि बाढीले बगाएको छ ।
६५ किलोमिटर रहेको बेँसीशहर चामे सडक यस वर्षसमेत सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।







