
काठमाण्डौं, साउन २५। जर्मन क्लब वायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिग गोल्डेन बुटमा जित्न सक्ने खेलाडीको शीर्ष स्थानमा छन् ।
वायर्न च्याम्पियन्स लिगको शीर्ष आठमा पुग्दा उनको गोल्डेन बुट जित्ने सम्भावना झनै बलियो बन्दै गएको हो । सो लिगमा उनले यो सिजन च्याम्पियन्स लिगमा हालसम्म सर्वाधिक गोल १३ गोल गरेका छन् । यस्तै बोरुसिया डर्टमन्डका इर्लिङ हालान्डले १० गोल गर्दै दोस्रो स्थानमा रहेका छन् । तर हालान्डलको टिम डर्टमन्ड अन्तिम १६ बाट बाहिरिसकेकोले हाल उनि गोल्डेन बुटको दौडमा छैनन् । तेस्रो स्थानमा रहेका डिनाबो जार्गका खेलाडी मिसल्भ ओसिगले ७ गोल गरेका छन् । उनको क्लव पनि लिगबाट बाहिरिसकेको छ ।
त्यसपछिका सात खेलाडीले ६ गोल गरेका छन् । सिटीका ग्रावियल जिसस, लियोनका डिप्पे, सिटीका रहिम स्टर्लिङ र वायर्नका गनबेर्री प्रतिस्पर्धामा छन् ।