
काठमाडौं, साउन २९ । बुटवल पाल्पा सडक पहिरोको कारण अवरुद्ध भएको छ
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्ड अन्तर्गत पाल्पा तिनाउँ गा।पा – ३ तल्लो सिद्धबाबा मन्दिर र जिल्ला पाल्पा तिनाउँ गा.पा. –५ जोरधारा नजिकै बिहिबार बिहानैबाट पहिरोको कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीले पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जनाएको छ ।