
काठमाण्डौं, साउन २९ । जातीय भेदभावविरुद्धको तीज गीत ‘वर्ष दिन बितेको गीत’ सार्वजनिक गरिएको छ ।
गायिका सीता रसाईलीको आवाज रहेको गितमा गीतमा अंजली अधिकारी, उत्सा र बन्दना नेपालको अभिनय रहेको छ ।
श्रमजीवी दलित समुदाय युगौँदेखि जातीय भेदभावको चरम शोषण, दमनरुपी शिकारीको पन्जामा जकडिएको विषयलाई मुल कथा बनाएर बनाएको गीतमा बिबि अनुरागीको शब्द र संगीत रहेको छ भने निर्देशन भने शंकर बिसिले गरेका छन् ।